अनियन्त्रित भएको चिनियाँ रकेट हिन्द महासागरमा खस्यो

काठमाण्डाै । अन्तरिक्षमा अनियन्त्रित बनेको चिनियाँ रकेटको भग्नावशेष हिन्द महासागरमा खसेको छ । २१ टन क्षमताको लङ मार्च फाइभ बी रकेटको भग्नावशेषको मुख्य भाग माल्दिभ्सको पश्चिमतर्फ हिन्द महासागरमा खसेको बीबीसीले जनाएको छ ।

यस अघि रकेटको भग्नावशेष भूमध्यसागर वा साउथ प्यासिफिकमा खस्ने अनुमान् गरिएको भए पनि हिन्द महासागरमा खसेको चिनियाँ अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । घटनामा मानवीय क्षति भएको जानकारी प्राप्त नभएको खबरमा उल्लेख छ ।

भग्नावशेषको धेरैजसो भाग भने पृथ्वीको वायुमण्डलमा प्रवेश गरे लगत्तै नष्ट भएको चिनियाँ अन्तरिक्ष एजेन्सीले जनाएको छ । सन् १९९० यता १० टनभन्दा बढी तौल भएको कुनै पनि वस्तु पृथ्वीतर्फ खसेको यो पहिलो पटक हो । यो रकेटलाई चीनले अन्तरिक्षमा नयाँ स्टेशन बनाउन प्रक्षेपण गरेको थियो ।

अप्रिल २९ तारिखदेखि रकेटको इन्धन सकिएको र अन्य प्राविधिक समस्याका कारण नियन्त्रण बाहिर गएको समाचारमा उल्लेख छ । सन् २०२० को मे महिनामा यस्तै रकेट प्रक्षेपण गर्दा पनि त्यसका टुक्राटाक्री पश्चिम अफ्रिकाका गाउँहरूमा खसेका थिए ।

भर्खरै प्रकाशित

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…

‘पहाडे समुदायलाई पनि मधेश सरकारमा राख्नु’ : प्रदेश प्रमुख झा

जनकपुरधाम । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत गद्धीलाई मन्त्रिपरिषद समावेशी बनाउन भन्दै प्रदेश प्रमुख राजेश झा अहिराजले पत्र लेखेका छन् । प्रदेश २…

निषेधाज्ञाकै बीचमा आकर्षण बन्यो रूखमाथि बनेको ‘घर’

० जेठ, तनहुँ । निषेधाज्ञाका बेला जिल्लाका पर्यटकीयस्थल यतिबेला सुनसान छ । तर म्याग्दे गाउँपालिका-२ स्थित ज्यानटाङ सामुदायिक वनमा निर्माण गरिएको रूखमाथि बनेको घरले भने…