लुम्बिनी प्रदेशमा कोरोना संक्रमितको संख्या घट्दो

बुटवल । कोरोना महामारीको दोस्रो चरणमा हटस्पट बनेको लुम्बिनी प्रदेशमा संक्रमण दर घट्दै गएको छ। पछिल्लो तीन दिनको तथ्यांकले संक्रमण दर घटेको देखाएको हो।

लुम्बिनी प्रदेशका बाँके र रुपन्देहीमा संक्रमण दर उच्च थियो। यी दुई जिल्लामा पनि संक्रमितको संख्या घट्दै गएको छ।

लुम्बिनी प्रदेशमा कोरोना परीक्षण गरेकामध्ये शनिबार ४८ प्रतिशत मात्रै पोजेटिभ देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार शनिबार ४ हजार ८२ जनाले परीक्षण गरेमध्ये १९ सय ५९ जनामा कोरोना पोजेटिभ देखिएको छ।

यो तथ्यांक शुक्रबारको तुलनामा करिव १२ प्रतिशतले कमी हो। शुक्रबार परीक्षण गरिएका २५ सय ६५ जनामध्ये १५ सय ६२ जनामा पोजेटिभ देखिएको थियो। यो संक्रमित हुनेको संख्या ६० प्रतिशत हो।

बिहीबार परीक्षण गरिएकामध्ये ७१ प्रतिशतमा पोजेटिभ देखिएको थियो। २८ सय ९७ परीक्षण गर्दा २ हजार ६६ जनामा पोजेटिभ देखिएको थियो।

रुपन्देहीको तथ्यांकमा शनिबार केही कमी आएको हो। शुक्रबार परीक्षण गरिएकामध्ये ६४ प्रतिशतमा संक्रमण देखिएको थियो। शनिबार त्यो प्रतिशत ५६ मात्रै छ। शनिबार १२ सय ४१ जनाको परीक्षण गर्दा ६ सय ९८ जनामा पोजेटिभ देखिएको छ। रुपन्देहीमा शनिबार ९ जनाले ज्यान गुमाएका छन्।

नेपालमा आज एकैदिन २९०५ जना निको भए

नेपालमा कोरोना को संक्रमण बढे संगै निको हुनेको संख्या पनि बढिरहेको छ ।स्वास्थ्य मन्त्रलायले दिएको जानकारी अनुसार आज नेपालमा थप २९०५ जना क्रोनालाई जितेर्घर फर्किएका छन ।नेपालमा हालसम्म २ लाख ९५ हजार ३९५ जना निको भएका छन् ।

नेपालमा संक्रमित थपिएसँगै निको हुने दर ७८.२ प्रतिशतमा पुगेको छ ।पछिल्लो २४ घन्टामा नेपालमा ९ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ४ सय ८२ नमुना परीक्षणमा ९ हजार १ सय ९६ मा संक्रमण पुष्टि भएको हो।

यो सँगै संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ। आज देशभर ७८ हजार ६ सय २९ सक्रिय संक्रमित छन्। शुक्रबार ५० जनाको कोरोनाबाट नि’धन भएको छ। मन्त्रालयको तथ्यांक अनुसार नेपालमा कोरोनाबाट नि’धन हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ।

भर्खरै प्रकाशित

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…

अब जुम्लामा एमबीबीएस पढाइ हुने : २५ सिट दिने आयोगको…

जुम्ला। अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) कार्यक्रम सञ्चालन गर्न स्वीकृति प्राप्त…