संक्रमितलाई दुध–बेसार खान भारत सरकारको सल्लाह

कोरोना भाइरस संक्रमणको दोस्रो लहरले मानिसहरुलाई बेचैन बनाएको छ । अवस्था दिनप्रतिदिन बिग्रँदै छ । भारतमा दैनिक चार लाखभन्दा धेरैमा कोरोना देखिएको छ ।

यस्तो अवस्थामा महामारीबाट बच्नका लागि बिरामी बलियो हुन जरुरी छ । कोरोना भाइरसबाट निको भएका बिरामीमा कमजोरी धेरै दिनसम्म रहने गरेको छ । यस्ता बिरामीले मांशपेशी र इम्युनिटीलाई बलियो बनाउन जरुरी र शरीरमा पनि उर्जा ल्याउनका लागि राम्रो खानपान गर्न जरुरी छ ।

कोरोना संक्रमित र कोरोनाबाट निको भएका बिरामीको स्वास्थलाई ध्यानमा राख्दै भारत सरकारले आफ्नो अधिकारिक ट्वीट ह्यान्डलमार्फत केही त्यस्ता खाद्यान्नको प्रवद्र्धन गरेको छ, जसको सेवन जरुरी छ ।

भारत सरकारले दिएको सुझाव यस्तो छ

पर्याप्त भिटामिन र खनिज प्राप्त गर्नका लागि फलफूल र तरकारीलाई डाइटमा समावेश गर्नुस् । चिन्ताबाट छुटकारका पाउनका लागि कम्तिमा ७० प्रतिशत कोकोसँगै डार्क चकलेटको थोरै मात्रा सेवन गर्न जरुरी ।  इम्युनिटी बढाउनका लागि बेसार मिसाएको दुध सेवन गर्नुस् ।

धेरैजसो बिरामीलाई हरेक कुराको गन्ध आउँछ, जसका कारण उनीहरु केही खान मन गर्दैनन् । यस्ता बिरामीले थोरै थोरै समयमा हल्का खान जरुरी छ । खानमा अमचुर (आँपको धुलो) प्रयोग गर्नुस् । यसले स्वाद बढाउँछ र यसमा समावेश भिटामिन सीले रोगबाट निको हुन पनि सहयोग गर्छ ।

कोदो, जौजस्ता अनाजलाई खानमा समावेश गर्नुस् ।  प्रोटिनको राम्रो स्रोत मासु, अण्डा, माछा, पनिर, सोयाबिन, बदाम र अन्य बिजहरुको सेवनले तपाईको शरीरलाई निको हुन सहयोग गर्नेछ । बदाम, जैतून, सरस्युलगायत स्वस्थ तेलको प्रयोग गर्नुस् ।

आखिर इम्युनिटी हो के ?

अहिले दुनियाभरिका जनस्वास्थकर्मीहरुको मुखमै झुन्डिएको शब्द हो– इम्युनिटी । आखिर इम्युनिटी के हो त ? विभिन्न औपचारिक तथा अनौपचारिक स्रोतहरुबाट आएका विषयगत वा आंशिक दृष्टिकोणहरुमार्फत इम्युनिटीबारे आम नेपालीजन पनि आफ्नो बुझाई फराकिलो बनाउन प्रयासरत देखिन्छन् । इम्युनिटीबारे स्पष्ट एवं सार्वभौम बुझाई अहिलेको आवश्यकता हो ।

आधुनिक र आयुर्वेद चिकित्सा विज्ञानमा इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता) प्रतिको चिन्तनमा भिन्नता छ । आधुनिक चिकित्सा विज्ञानको प्राथमिक उद्देश्यनै इम्युनिटी वृद्धिका लागि रोग उत्पादक तत्व (कारण) लाई मार्नु वा हटाउन खोज्नु हुन्छ । यता आयुर्वेदका अनुसार भने समष्टिगत रुपमा शरीरको रोग प्रतिरोधात्मक क्षमता बृद्धिमा जोड दिइन्छ ।

सामान्य भाषा इम्युनिटी भनेको आफूलाई रोग लाग्नबाट जोगाउन शरीरमा निहित एक विशेष प्रकारको क्षमता वा शक्ति हो । साथै शरीरमा लागि सकेको रोग विरुद्ध लडने शक्ति पनि इम्युनिटी नै हो । इम्युनिटी बढ्नु वा बढाउनुको अर्थ रोग लाग्ने कारणलाई रोक्नु वा छेक्नु हो ।

आयुर्वेद शास्त्रहरुमा इम्युनिटीलाई व्याधिक्षमत्व, बल वा ओज भनिएको छ । इम्युनिटीकै पर्यायवाचीका रुपमा आयुर्वेदमा अन्य शब्दहरु सर्वधातु सार, स्थिरता, सार, प्रसाद, जीवशोणितुम, श्लेषम, दिप्ती, कान्ति, प्राण आदि पनि प्रयोग गरिएका छन् ।

व्यक्तिपिच्छे इम्युनिटी फरक फरक हुन्छ । भन्नुको अर्थ यदि दुई जना व्यक्तिलाई एउटा रोगाणु (रोग लगाउने तत्व) को सम्पर्कमा ल्याइयो भने एउटामा रोग लाग्ने र अर्कोमा नलाग्ने हुनसक्छ । त्यस्तै हरेक लिङ्ग, उमेर, जात, धर्म, एवं प्रजाति अनुसार पनि फरक फरक रोग र इम्युनिटी रहेको हुन्छ । भौगोलिक हिसाबले पनि मानिसहरुमा इम्युनिटी फरक देखिएको छ ।

कुनै बेला विफर रोगले लाखौं लाख मानिस म’र्थे । उपचार केही थिएन । त्यसैबेला इडवार्ड जेनरले देखे कि गाईमा लाग्ने कम हानिकारक गाई विफर (काउ पक्स) ले मान्छेलाई यदाकदा मात्र संक्रमण गर्छ र संक्रमण गरे त्यसले मान्छेको शरीरमा स्मल पक्स विरुद्ध एन्टीबडी (रोग प्रतिरोधात्मक तत्व) बनाउँदो रहेछ ।

त्यसपछि त्यही काउ पक्सलाई जेनरले विफर विरुद्धको भ्याक्सिन (मान्छेमा स्मल पक्स विरुद्धको एन्टिबडी निकाल्ने एन्टिजेन) को रुपमा रुपान्तरण गरे । यो नै मानव समाजको लागि पहिलो भ्याक्सिन थियो । उक्त भ्याक्सिनले त्यसबेला विफरबाट लाखौं मान्छेलाई बचाउने इम्युनिटीका रुपमा काम ग¥यो ।

सुश्रुत संहिताको एउटा श्लोकमा ‘मानव शरीर दोष, धातु र मलले बनेको’ भनेर उल्लेख गरिएको छ । त्यसैगरी अर्को श्लोकमा स्वास्थ्यको परिभाषा गर्दै ‘मानव शरीरमा हुने धातु, अग्नि, एवं मल आदिको सन्तुलन र आत्मा एवं मनको प्रसन्नता नै स्वास्थ्य हो’ भनिएको छ ।

यसरी शरीरको स्वास्थ्यको कारक तत्वलाई सम अवस्थामा राख्नु र रोग लाग्ने विषम अवस्थामा जान नदिनु नै आयुर्वेदमा उल्लेख व्याधिक्षमत्व (इम्युनिटी) हो । शरीरको सप्तधातुको साररुप ओज हो । ओजको कार्यरुप बल हो । ओजले शरीरको अपक्षय, व्यपजनन तथा उपसर्गहरुबाट रक्षा गर्दछ । यसैलाई व्याधिक्षमत्व भनिन्छ । आयुर्वेदका अनुसार व्यधिक्षमत्व तीन प्रकारको मान्न सकिन्छ, सहज बल (जन्मजात प्राप्त बल), कालज बल (समय, ऋतु र उमेरको बल) र युक्तिकृत बल (आर्जित बल) ।

त्रय–उपस्तम्भ आहार, निन्द्रा र ब्रह्मचर्यको पालनले व्याधिक्षमत्व बढ्छ । वय शक्ति, आहार शक्ति र व्यायाम शक्तिले पनि व्याधिक्षमत्व बढ्छ । पञ्चकर्म विधिबाट शरीरको शोधन गर्नु इम्युनिटी बढाउनु हो । शरीरमा पञ्चमहाभूतको सन्तुलन मिलाउनु ओज वृद्धि गर्नु हो । ओज एवं बलबर्धक औषध द्रव्य, रसायन द्रव्य, बाजीकरण द्रव्य, र आचार रसायन रसायनको प्रयोग गरी शरीरको धातुलाई समन गर्नु व्याधिक्षमत्व हो । रज र तम विकारबाट मनलाई सत्वमा स्थापित गर्नु व्याधिक्षमत्व हो ।

आधुनिक चिकित्सा विज्ञानको इम्युनोलोजिको भाषामा इम्युनिटीका लागि मानव शरीरमा छुट्टै एउटा इम्युन सिस्टम नै हुन्छ । जसमा शरीरको इम्युनिटी व्यवस्थापनका केही विशेष इम्युन कोषहरु तैनाथ भएका हुन्छन् । यसर्थ इम्युनिटी भनेको प्राणी भित्र हुने एक क्षमता हो । जसमा शरीर कुनै संक्रमण विशेष वा विषाणु विरुद्ध एन्टिबडी कोषहरु बनाएर वा सेतो रक्त कोषहरुलाई सक्रिय बनाएर लड्छ ।

आधुनिक चिकित्सा विज्ञान अनुसार इम्युनिटी दुई प्रकारको मानिएको छ । पहिलो जन्मजात (इनेट) इम्युनिटी अर्थात् व्यक्तिले जन्मजात पाएको समग्र आनुवंशिकले दिने क्षमता र अर्को आर्जित (एडप्टिभ) अर्थात् प्राकृतिक–सक्रिय तथा निस्क्रिय र कृत्रिम–सक्रिय तथा निस्क्रिय ।

प्राकृतिक रुपमा निस्क्रिय इम्युनिटी आमाबाट जन्मजातै प्राप्त हुन्छ भने सक्रिय इम्युनिटी प्रथम पटकको संक्रमणद्वारा बन्ने एन्टिबडीबाट प्राप्त हुन्छ । कृत्रिम रुपमा निस्क्रिय इम्युनिटी एउटा शरीरमा बनेको एन्टिबडी अर्को शरीरमा सारेर गरिन्छ भने सक्रिय इम्युनिटी रोग लगाउने जीवाणु जस्तै जीवाणु कम हानिकारक वा मारेर मानव शरीरमा भ्याक्सिन मार्फत प्रवेश गराइन्छ ।

यी दुवै खाले इम्युनिटीले शरीरको जलियांश (पानीयुक्त अंश) मा रहने जैविक तत्व

एन्टीबडी मेडियेटेड (प्रोटिन, पेप्टाइड, कम्पलिमेन्ट आदि) वा शरीरभित्र रहेको केही विशेष प्रकारको कोष–सेल मेडिएटेड इम्युनिटी (इम्युन सेल्स–टी सेल्स, बी सेल्स, आदि) लाई अस्त्रको रुपमा प्रयोग गरी शरीरको इम्युनिटी रक्षा गर्दछ । शरीरको रक्तसञ्चार प्रणालीमा भित्र र बाहिरबाट आउने विजातीय पदार्थको पहिचान गर्ने, जुध्ने र परास्त गर्न प्रयत्न गर्छ र परास्त गर्न नसक्दा शरीलाई त्यस विजातीय पदार्थप्रति सचेत तुल्याउँछ ।

अहिले नोबल कोरोना (कोभिड १९) मानव शरीर भित्र प्रवेश पाउँदा त्यसलाई शरीरको इम्युन सिस्टम वा भनौ इम्युन सेल्सहरुले विजातीय पदार्थको रुपमा पहिचान गरेको छ । शरीरमा प्रवेश गरेको यो नयाँ भाईरस विरुद्ध लड्ने तागत वा अस्त्र मानव शरीरसँग नभएकोले शरीरले त्यस विरुद्ध प्रतिक्रिया गर्दा निमोनिया लाग्ने, स्वास बढ्ने, ज्वरो आउने, खोकी लाग्ने जस्तो लक्षण देखा परेको छ ।

एकपटक कोभिड १९ लागेपछि त्यस विरुद्ध शरीरले एन्टीबडी बनाई हाल्छ । त्यही संक्रमण अर्को पटक फेरी हुँदा त्यसले शरीरमा रोग लगाउन सक्दैन । कोरोना लागेर निको भइसकेको व्यक्तिमा फेरी कोरोना लागे उसलाई केही खतरा हुँदैन किनभने पहिलो पटकको संक्रमणका बेला शरीरले कोभिड १९ विरुद्ध एन्टिबडी बनाइसकेको हुन्छ।

प्रकृतिमा भाइरस अदभूत जीव हो । सजीव शरीरमा सजिव जस्तो व्यवहार गर्ने निर्जीव शरीरमा निर्जीव वस्तुको रुपमा प्रस्तुत हुनु भाईरसको विशेषता हो । यही विशेषताकै कारण यसलार्ई ‘अब्लिगेटरी प्यारासाईट’ पनि भनिन्छ ।

हरेक नयाँ भाइरसको रोग लगाउने शैली फरक फरक हुन्छ । अतः एउटै भ्याक्सिन सबै भाइरसका लागि उपयोगी हुँदैन । जबकि एउटा समूहको ब्याक्टेरियाको रोग लगाउने शैली समान हुन्छ जसकारण एउटै एन्टिबायोटिकबाट धेरै ब्याक्टेरियालाई मार्न संभव हुन्छ ।

भ्याक्सिन (खोप) दिने प्रकृयालाई भ्याक्सिनेसन भनिन्छ । भ्याक्सिन त्यस्तो जैविक औषधि हो जसले रोग विशेष विरुद्ध सक्रिय आर्जित इम्युनिटी प्रदान गर्दछ । भ्याक्सिनको घटक् भनेको रोग लगाउने जीवाणु जस्तै जीवाणुहरु हुन्छन् । भ्याक्सिन भित्र जीवाणुहरुलाई कम हानिकारक बनाएर वा मारेर राखिएको हुन्छ ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…