पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउन दिने कांग्रेस स्याङ्जाको निर्णय

स्याङ्जा । नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालयको भवन आइसोलेसन सेन्टर बनाउन दिने भएको छ । कार्यवहाक सभापति बृद्धिबहादुर राना (कुमार) का अनुसार शुक्रबारको जिल्ला पार्टी कार्यालयको बैठकले कोरोना भाइरसका बिरामीलाई मध्येनजर गर्दै कार्यालय भवन आइसोलेन सेन्टर बनाउन दिने निर्णय भएको हो । तीन तलाको उक्त भवनमा माथिल्लो तलमा कार्यालय नै रहने भए पनि अन्य दुईवटा तलामा आइसोलेसन सेन्टर बनाउन सकिने सभापति रानाले बताए ।

‘वेड अभावका कारण बिरामी मर्न बाध्य नहुन्’, उनले भने, ‘कांग्रेस पार्टी कार्यालयमा ६० वटा वेड निर्माण गर्न सकिन्छ । हामीले भवन दिएका छौं । संघ, प्रदेश र स्थानीय सरकारले आवश्यकअनुसार आइसोलेसन सेन्टर निर्माण गर्न सक्छ ।’

जिल्ला सदरमुकाम पुतलीबजार नगरपालिका–१ स्थित बजारको पछाडिपट्टी रहेको पार्टी कार्यालयमा आइसोलेसन सेन्टर बनाउँदा बिरामीलाई पनि सुरक्षित रहने र अन्य बिरामी नभएका व्यक्तिलाई पनि कम जोखिम हुने रानाको भनाइ छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…