अन्तर्राष्ट्रिय मिडियालाई प्रधानमन्त्री ओलीको भने : नेपालमा कोरोना संक्रमण नियन्त्रणमै छ

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रणमा रहेको दावी गरेका छन्। भारतमा संक्रमण फैलिँदा ठूलो क्षति हुँदा तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको अवस्था पनि भारत उन्मुख भएको समाचारहरु आइरहँदा ओलीले सीएनएनसँगको अन्तर्वार्ताका क्रममा देशमा संक्रमण नियन्त्रणमा रहेको दाबी गरेका हुन्।

नेपालमा शुक्रवार हालसम्मकै सबैभन्दा बढी ९ हजार १९६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। यस्तै, मृतकको संख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ।

पशुपति क्षेत्रमा नदीको बिचमै मृतकको शव जलाइरहेको तस्विरहरु सार्वजनिक भएपछि नेपालबारे अन्तर्राष्ट्रिय चासो अहिले बढेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना नियन्त्रण गर्न तातोपानी, बेसार पानी, अम्बाको पात लगायत विकल्प सुझाएको विषयसमेत अन्तर्राष्ट्रिय मिडियामा चर्चाको विषय बनेको थियो।

प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय संचार माध्यममा नेपालमा संक्रमणको दर नियन्त्रणमा रहेको प्रतिक्रिया दिएपछि सामाजिक संजालमा उक्त अभिव्यक्तिको विरोध सुरु भएको छ। दैनिक हजारौंको संख्यामा संक्रमण थपिँदै गर्दा अस्पतालमा बेड र अक्सिजन नपाउँदा संक्रमितहरुको ज्यान गइरहेको भन्दै प्रधानमन्त्रीको दाबी ‘झुटो’ भएको भन्दै संजलमा बहस छेडिएको छ। संजाल प्रयोग कर्ताहरुले प्रधानमन्त्री ओलीले अर्कै कुनै नेपाल भन्ने देशको अवस्थामा नियन्त्रणमा रहेको बताएको हो कि ? भन्दै आलोचना समेत गरिरहेका छन्।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…