पाँच रुपैयाँ जरिवाना नबुझाउने फरार अभियुक्त पक्राउ

गुलरिया : बर्दिया प्रहरीले पाँच रुपैया जरिवाना नतिरी फरार रहेका दुई जनालाई पक्राउ गरेको छ । अदालतको फैसला कार्यान्वयका क्रममा ईलाका प्रहरी कार्यालय मैनापोखरको टोलीले उनीहरुलाई बढैयातालबाट पक्राउ गरेको छ ।

सर्वोच्च अदालतको २०६९ साल पुष २६ गतेको जालसाजी मुद्धाको फैसलाअनुसार तोकिएको ५ रुपैया जरिवाना नतिरि फरार रहेका दुईजनालाई पक्राउ गरी बर्दिया जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरिक्षक ईश्वर कार्कीले बताए । अदालतको फैसला आदेशअनुसारको थोरै जरिवाना रकमसमेत नतिरी फरार रहेकालाई अदालतमा बुझाएको उनले जानकारी दिए ।

रुपन्देही अदालतको मिति २०७० साल असार ४ गतेको फैसला आदेशले सम्बन्ध विच्छेद मुद्धामा १ सय २५ रुपैयाँ जरिवाना तोकिएका १ जना व्यक्ति पक्राउ परेका छन् । त्यस्तै कास्की जिल्ला अदालतको २०६१ साल जेठ १८ गतेको फैसलाले गाली बेइज्यत मुद्धामा १ सय रुपैयाँ जरिवाना तोकिएका फरार अर्का व्यक्तिलाई समेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि बर्दिया जिल्ला अदालतमा बुझाइएको एसपी कार्कीले बताए । कानूनले तोकेको जरिवाना सानो रकम मानेर अटेरी गरी फरार रहेकाहरुलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो । अन्नपुर्णपोस्टबाट 

 

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…