यस्तो हामारीको समयमा खोपमा भ्रष्टाचार गर्नु अक्षम्य अपराध हो : कांग्रेस सभापति देउवा

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामारीको समयमा औषधि (खोप) मा पनि भ्रष्टाचार हुनु अक्षम्य अपराध भएको बताएका छन्।

शुक्रबार साँझ विज्ञप्ति सार्वजनिक गर्दै देउवाले जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयम् भ्रष्टाचारमा संलग्न हुनु निन्दनीय भएको बताएका हुन्।

‘जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो’, देउवाले भनेका छन्, ‘जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जीवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ।’

भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग उनले माग गरेका छन्।

देउवाले नेपाली जनताको जीवन रक्षा गर्नका लागि देशभर आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधिको तत्काल व्यवस्था गर्नसमेत माग गरेका छन्।

यस्तो छ प्रेस विज्ञप्ति 

कोभिड-१९ को महामारी दिनानुदिन बिस्तार भईरहेको छ । दैनिक हजारौंको संख्यामा कोभिडका बिरामी थप हुँदै छन्‌ । देशभरिका अस्पतालहरुमा कोभिड संक्रमितका लागि अत्यावश्यक अक्सीजन, भेन्टीलेटर सहितका आईसीयू बेड र औषधीको नितान्त अभाव भएको छ ।

अक्सीजन नपाएर बिरामी छट्पटाएर मर्नु परेको र अस्पतालमा बेड खोज्दै घरमा, बाटैमा र एम्बुलेन्समा ज्यान गुमाउनु परेको दयनीय घटना देखा परेका छन्‌ । कोभिड-१९ को यति लामो समयसम्मको निरन्तर प्रकोपका बावजूद सरकारले नियन्त्रण र रोकथामको कुनै व्यवस्था गरेन ।

हाम्रो पार्टीले कोभिड-१९ को प्रकोप प्रारम्भ हुँदा नै सरकारलाई सहयोग गर्ने प्रतिवद्धताका साथ समयमा नै नियन्त्रण र रोकथामका उपाय
अपनाउन पटक-पटक ध्यानार्कषण गराउँदा पनि सरकार सचेत एवं गम्भीर भएन । विज्ञहरुले कोभिडको पटक-पटक लहर आउन सक्ने, जुनसुकै बेला जोखिम बढ्न सक्ने भनि दिएको चेतावनीलाई सरकारले सुनेन ।

सरकारले नियन्त्रण र रोकथामका लागि पर्याप्त समय हुँदाहुँदै पनि जनताप्रतिको आफूनो न्यूनतम जिम्मेवारी बोध गरेन । समयमा कोभिड-१९ विरुद्धको खोपको व्यवस्था गरेन । फलस्वरुप अहिले नेपाल बिश्वमा नै कोभिड-१९ को उच्च जोखिममा रहेका देशहरुमा गणना भएको छ ।

यस्तो अवस्था सृजना हुनमा यो सरकार पूर्ण रुपमा जिम्मेवार छ । अहिले कमीशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भईसकेको छ । सरकार सर्वत्र भ्रष्टाचारमा चुर्लुम्म डुबेको विषय नेपाली जनताका लागि नौलौ होईन । जनताको जिवन रक्षा गर्ने औषधीमा पनि भ्रष्टाचार गर्नु अमानवियता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनता विरुद्धको अक्षम्य अपराध हो ।

जनताको जीवन रक्षा गर्नु पर्ने सरकार स्वयं जिवनदायीनी औषधी (खोप) भ्रष्टाचारमा संलग्नु हुनुले यो सरकारको अनैतिक चरित्र उदाङ्गो भएको छ । सरकारको अनैतिक र भ्रष्टाचारजन्य कार्यको घोर निन्दा र भर्त्सना गर्दछु । यस्तो भ्रष्टाचारको काममा जोसुकै संलग्न भए पनि कडा
कारवाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु । नेपाली जनताको जिवन रक्षा गर्नका लागि देशभरि आवश्यक अक्सीजन, आईसीयू बेड, खोप लगायतका औषधीको तत्काल व्यवस्था गर्न माग गर्दछु ।

देशमा व्याप्त यस विषम घडीमा सवै दाजुभाई, दिदीबहिनीमा स्वास्थका मापदण्ड अपनाउन, आफू र आफनो परिवारलाई सुरक्षित राख्न हार्दिक अनुरोध गर्दछु । देशभरिका नेपाली कांग्रेसका सदस्य तथा शुभेच्छुक साथीहरुलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउदै संकटमा परेकालाई सक्दो सहयोग गर्न अपील गर्दछु । जय नेपाल !

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…