सरकाररी अनुगमनको निष्कर्ष : निजी अस्पतालको शुल्कबारे अनावश्यक हल्ला भयो

काठमाडौं । निजी अस्पतालले कोभिड बिरामीको लागि तोकेको शुल्कबारे अनावश्यक हल्ला भएको निष्कर्षमा सरकारी निकाय पुगेको छ । वाणिज्य विभाग, औषधि व्यवस्था विभाग, जिल्ला प्रशासन कार्यालय र प्रहरीसहितको अनुगमनले यस्तो निष्कर्ष निकालेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न सात अस्पतालको स्थलगत अनुगमनपछि उक्त निष्कर्षमा पुगिएको औषधि व्यवस्था विभागका निर्देशक एवं प्रवक्ता शिवराज सेढाईंले अनलाइनखबरलाई बताए । ‘काठमाडौंका सहायक सिडिओसहित विभागका प्रतिनिधिले गरेको स्थलगत अनुगमनका क्रममा सर्वसाधारणको लागि चर्काे शुल्क तोकेको बुझिन आएन, बाहिर अलि बढी हल्ला भएको बुझियो,’ प्रवक्ता सेढाईंले भने ।

‘हाम्रा प्रतिनिधिले ह्याम्स, केएमसी लगायतका अस्पतालमा राउन्ड टेबल कुराकानी गरेको थियो, धनाढ्य र धेरै शुल्क तिरेर सुविधा खोज्नेका लागि सीमित बेडको त्यस्तो सुविधा उपलब्ध गराएको र त्यो सर्वसाधारणका लागि नभएको पाइयो,’ उनले भने ।

बिहीबार संयुक्त अनुगमन टोलीले सिभिल, केएमसी, ओम, मेडिकेयर, ह्याम्स, ग्राण्डी र मेट्रो अस्पतालको अनुगमन गरेको पनि उनले बताए । विरामीको लागि अस्पतालहरुले तोकेको उपचार शुल्कबारे इमेलबाट आधा दर्जन अस्पतालसँग विस्तृत विवरण मागिएको र त्यो थप अध्ययनको विषय रहेको पनि प्रवक्ता सेढाईंले बताए ।

अनुगमनका क्रममा अस्पतालहरुमा रेम्डिसिभिर औषधिको वितरण ठिक र पर्याप्त नभएको, अस्पतालहरुले न्युनतम् स्वास्थ्य मापदण्ड पालना नगरेको जस्ता कैफियत भेटिएको पनि विभागले जनाएको छ ।

रेम्डिसिभिर औषधिमा अस्पतालले बढी शुल्क नलिइएको पनि विभागले जनाएको छ । यस्तै बिरामीको तुलनामा बेड संख्या अपुग भएको पाइएको पनि विभागले जनाएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…