उपत्यकामा मृ’तकको सङ्ख्या बढ्न थाल्यो, पशुपति क्षेत्रस्थित विद्युतीय शवदाहगृह र घाटमा चाप

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार अपराह्ण प्रकाशित गरेको तथ्याङ्कमा सर्वाधिक दैनिक सङ्क्रमण र मृ’त्यु भएको विवरण छ।काठमाडौँ उपत्यकाका सङ्क्रमित र मृ’तकको सङ्ख्या बढ्दा शव व्यवस्थापन र अन्तिम संस्कारको काम चुनौतीपूर्ण बन्ने देखिएको छ।

पहिला कोभिड-१९ भएर मृ’त्यु भएका व्यक्तिको पार्थिव शरीरलाई विद्युतीय श’वदाहगृहमा जलाइने गरेकोमा शवको सङ्ख्या ह्वात्तै बढेपछि वाग्मती नदीको किनारमा चिता बनाएर परम्परागत रूपमा जलाउन थालिएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार श’वदाहगृहमा भएका तीन वटामध्ये दुइटा उपकरण मात्र अहिले प्रयोगमा छन्। तेस्रो उपकरणको मर्मत हुँदै गरेको र चौथो जडान गर्ने योजना भएको बताइएको छ।

पशुपति क्षेत्र विकास कोषका अनुसार पशुपति क्षेत्रमा सोमवार ३७ वटा, आइतवार २६ वटा शनिवार २३ वटा र शुक्रवार १६ वटा श’वको अन्तिम संस्कार गरिएको थियो। मृतकको सङ्ख्या बढ्न थालेपछि अन्तिम संस्कारको कामका लागि आवश्यक जनशक्ति बढाइएको विकास कोषले जनाएको छ।

गत वर्षदेखि नै कोभिड-१९ का कारण मृत्यु हुँदा शव व्यवस्थापन गर्न नेपाली सेना देशभरि नै परिचालित छ। विद्युतीय श’वदाह गृह र वाग्मती नदीको किनारमा गरेर दैनिक १०० वटा श’व जलाउन सकिने विकास कोषका सदस्य सचिव प्रदीप ढकालले बताएका छन्।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…