मुम्बईमा एक पाइलटले सफल अवतरण गराए उड्दा-उड्दै पांग्रा निस्किएको जहाज

भारतको मुम्बईमा पाइलटले बिहीबार राति उड्दा-उड्दै पांग्रा खसेको एउटा जहाजलाई सफल अवतरण गराएका छन्।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिरामी बोकेको एयर एम्बुलेन्स नागपुरबाट हैदरावाद जाँदै थियो। जहाजमा दुई जना क्रु मेम्बर, एक जना बिरामी, एक जना बिरामीका आफन्त र एक जना डाक्टर थिए।

जेट सर्भ एभिएसनले चलाएको सी-९० भिटी-जेआइएल जहाजको टेकअफ हुनासाथ एउटा पांग्रा निस्किएको थियो। त्यसपछि पाइलटले आकस्मिक अवतरणका लागि जहाज मुम्बईतिर मोडेका थिए।

मुम्बईको छत्रपति शिवाजी महाराज अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा आकस्मिक अवतरणको तयारी गरिएको थियो। अवतरणका क्रममा जहाजमा आगो नलागोस् भनेर धावनमार्गमा फोम बिछ्याइको थियो। पाइलटले ल्यान्डिङ गियर नखोलीकनै ‘बेली ल्यान्डिङ’ गराएका थिए।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…