स्वास्थ्यमन्त्री त्रिपाठीले निकटतम विचौलियाको नाम लिएपछि रुष्ट भए ओली, मन्त्रीबाट हटाउने संकेत

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीसँग असन्तुष्ट भएका छन् । त्रिपाठीले ‘बिचौलिया भूतप्रेत जागेको कारण’ भारतबाट सेरमद्वारा उत्पादित खोप ल्याउन नसकिएको अभिव्यक्ति दिएपछि ओली असन्तुष्ट बनेका हुन् । बिचौलिया भनिएकाहरु प्रधानमन्त्री ओलीसँग नजिक मानिएका व्यवसायी छन् । ओलीनिकट यसअघिका स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि त्रिपाठीले घुमाउरो तरिकाले मुछेका छन् ।

त्रिपाठीले कोरोना भाइरसको महामारी बढिरहँदा खोपको कमिशनको खेल र अवरोधबारे उजागर गरेका थिए । जसमा प्रधानमन्त्री ओलीलाई समेत घुमाउरो तरिकाले आक्षेप लगाइएको थियो । यसबाट ओली रुष्ट भएको र निकटस्थसँग छलफल गरी स्वास्थ्यमन्त्री त्रिपाठीलाई हटाउने संकेत गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

त्रिपाठीले प्रधानमन्त्री ओलीलाई कमिशनको खेलबारे जानकारी गराउँदा पनि वास्ता नगरेको र उल्टै विचौलियालाई संरक्षण गरेको भनी खबरहरु आएका थिए । विचौलिया भनिएका व्यापारीहरु प्रधानमन्त्री ओलीसँग नजिक मानिन्छन् । जसमध्ये ऋतु सिंह वैद्यलाई भिजिट नेपाल २०२० को आयोजक कमिटीको अध्यक्ष समेत बनाएका थिए ।

सेरमको नेपाल एजेन्ट हुकाम डिस्टिब्युटर्स एन्ड लजिस्टिक प्रालि हो र विजय दुगड, ऋतु सिंह वैद्य, अभिषेक दुगड र सुरज वैद्यको नाममा छ । चारैजना व्यापारी बालुवाटारसँग नजिक मानिन्छन् । उनीहरुलाई बदनाम बनाएर प्रधानमन्त्री ओलीसँग जोडेको भन्दै बालुवाटार त्रिपाठीसँग रुष्ट रहेको बुझिएको छ ।

यसअघि कोरोना भाइरसको महामारीविरुद्धको भ्याक्सिन कमिशनको खेलले ढिलाई भएको स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले खुलाएका थिए । सेरम कम्पनीको नेपाल एजेन्ट कमिशनका लागि सक्रिय हुँदा १० लाख डोज खोपको आपूर्ति रोकेको र ५० लाख डोज खोप खरिदका लागि मूल्य प्रस्ताव गरिसक्दा अवरुद्ध भएको त्रिपाठीले खुलाएका थिए । सरकारसँग सिधा सम्झौता गरेर खोप खरिद गर्दा एजेन्ट कम्पनीले १० प्रतिशत कमिशन राख्न भन्दा त्रिपाठीले हटाएका थिए । १० लाख डोज खरिद गरेर नेपाल ल्याएको र बाँकी १० लाख डोज ल्याउन खोज्दा कमिशन एजेन्टले रोकेका थिए ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकाल हुँदा मन्त्रालय र निजी कम्पनी हुकाम डिस्टिब्यूटर्स एन्ड लजिस्टिक प्रा.लि.बीच समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, सरकारले सोझै खोप खरिद गर्ने सम्झौता गरेर कमिशनको ढोका बन्द गर्न खोज्यो । कमिशन हटाएर सम्झौता गरी बढेको भन्दै सेरमको स्थानीय एजेन्टहरु सक्रिय भएर रोकाएको विषय खुलेको थियो ।

खोप रोक्न काठमाडौं देखि दिल्ली र पुणेसम्म सक्रिय भए । उनीहरुकै सक्रियताले खोपको दोस्रो लट रोकियो । १० लाख खोप आउन ढिलाई भयो र भारतमा पनि खोपको अभाव भएपछि आपूर्ति हुन सकेन ।

५ फागुन २०७७ मा सेरमसँग खरिद गरिएको १० लाख डोज खोप आइपुग्यो । तर, त्यसपछि अर्को १० लाख डोज भने रोकिएको थियो । खोप रोकिएको विषयमा सर्वत्र चासो भएको थियो । अहिले आएर कमिशनको खेलले रोकिएको खुलेपछि प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री त्रिपाठीबीच विवाद देखिएको हो । साभार : रिपोर्टर्स नेपाल 

भर्खरै प्रकाशित

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक…