तपाइलाई कोरोना संक्रमण भयो ? घरमा के नगर्ने ? स्वास्थ्यको हेरचाह कसरी गर्ने ? : डा. राजभण्डारी

कोरोना सङ्क्रमितहरुले मनोबल बढाउनका लागि सबैभन्दा पहिला कोरोना के हो र कसरी सर्छ ? भन्ने बुझ्न आवश्यक हुन्छ ।

कोरोना सङ्क्रमण एकखालको भाइरस इन्फेक्सन हो । अरु भाइरसले जस्तै कोरोना भाइरसले पनि आफ्नो स्वरुपमा परिवर्तन गर्छ । स्वरुप परिवर्तन गर्दा कतिपय भाइरस धेरै आक्रामक भएका हुन्छन् भने केही कम आक्रामक भएका हुन्छन् ।

अहिले परिवर्तन भएर आएको कोरोना भाइरस बढी आक्रामक भएर आएको पाइएको छ । हाम्रो देशमा नै यसबारे अध्ययन भएको छैन, तर विभिन्न देशहरुमा भएका अध्ययनले अहिलेको भाइरस बढी आक्रामक रहेको भन्ने कुराको पुष्टि गरेको छ ।

पहिलो लहरमा, थुकको माध्यमबाट भाइरस सर्छ भनिएको थियो । तर अहिले भाइरसहरु हावाको सतहमा पनि तैरिरहेको हुने भएकाले मानिसमा छिटो सरेको हो भनिएको छ । अहिलेको कोरोना भाइरस सजिलैसँग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने भएकाले भौतिक दूरी कायम गर्नु एकदमै आवश्यक छ ।

एक अर्कोबीचको दूरी २ मिटर कायम गर्नुपर्छ । अनावश्यक भीडभाडमा जानु हुँदैन । बन्द कोठामा धेरै मानिसहरु बस्नु हुँदैन । घरको वातावरण सफा राख्ने, आफू पनि व्यक्तिगत सरसफाइमा ध्यान दिने लगायतका क्रियाकलाप गर्नुपर्छ । अनावश्यक रुपमा घर बाहिर जाँदै नजाने र जानै पर्ने भएमा भौतिक दूरी कायम गर्न. भुल्नु हुँदैन ।

मास्कको प्रयोग उचित तरिकाले गर्नुपर्छ । आफ्नो दिनचर्यालाई राम्रो र सकारात्मक बनाउनुपर्छ । कोरोना सङ्क्रमित भएकाले भने यी कुराहरुमा अझ धेरै ध्यान दिनुपर्ने हुन्छ । बिहान उठेदेखि नसुतुञ्जेलसम्मको दैनिकी सहज बनाउनुपर्ने हुन्छ ।

हामी बिहान उठ्नेबित्तिक्कै पत्रपत्रिका, रेडियो तथा टेलिभिजनहरुबाट कोरोनाले बनाएको भयावह अवस्था र ज्यान गुमाएकाहरुकाबारे खबरहरु सुन्ने गर्छौँ । यसले गर्दा तनाव हुने, नकारात्मक कुराहरु सोच्ने हुन सक्छ । त्यही भएर कोरोनाको सूचना तथा जानकारी लिँदा विश्वासिलो र सीमित माध्यमको प्रयोग गर्नुपर्छ ।

कोरोना सङ्क्रमण भइसकेपछि जीवन नै बर्बाद भयो, अब के हुने हो भन्ने खालका त्रास मनमा आउन सक्छ । यसले गर्दा डिप्रेसन तथा मानसिक समस्याहरु पनि देखिन सक्छ । कोरोना सङ्क्रमण भएका सबैलाई लक्षण देखिँदैन । सबैलाई गाह्रो हुँदैन । ८० देखि ९० प्रतिशत मानिसलाई सामान्य लक्षण मात्र देखिने भएकाले सकारात्मक कुराहरु मात्र सोच्ने गर्नुपर्छ ।

सङ्क्रमितको मनोबल बढाउन परिवारको भूमिका महत्त्वपूर्ण

सङ्क्रमण हुँदैमा अस्पतालमा नै बस्नुपर्छ भन्ने होइन । घरमा नै एकान्तबासमा बस्न सकिन्छ । घरेलु उपचारहरु गर्न सकिन्छ । अहिले पनि परिवार तथा समाजले कोरोना सङ्क्रमितलाई हेयका दृष्टिले हेर्ने गरेको पाइन्छ । एउटै घरमा बस्दा सर्ने हो कि भन्ने खालका आशङ्का हुन सक्छ । त्यस्ता आशङ्का लिएर सङ्क्रमितलाई हेयका दृष्टिले हेर्दा विचलन आउने, नराम्रा कुराहरु मनमा खेल्ने लगायतका समस्या हुन सक्छ ।

त्यही भएर २ मिटर दूरी कायम गरेर बसेर, काउन्सिलिङ गर्ने, सहयोग गर्ने, सङ्क्रमितको इच्छाअनुसार खानेकुरा बनाएर खान दिने लगायतका कामहरु गरेर कोरोना सङ्क्रमितको मनोबल बढाउन सहयोग गर्नुपर्छ । अर्को व्यक्तिमा रोग नसरोस् भन्नका लागि मात्र सङ्क्रमितलाई आइसोलेशनमा राख्नु परेको हो । सुरक्षित ठाउँ छ भने बगैँचातिर डुल्न सकिन्छ । सामान्य योगाहरु पनि गर्न सकिन्छ । टेलिभिजन हेर्न सकिन्छ । सामाजिक सञ्जालको प्रयोग गरेर जानकारीमूलक कुराहरु सिक्न सकिन्छ ।

परिवारका सदस्यले कोरोना सङ्क्रमितलाई भेदभाव र अपमान गरेमा सङ्क्रमितमा नकारात्मक भावनाको विकास हुन सक्छ । उनीहरुलाई जीवनदेखि दिक्क लाग्न सक्छ । जसका कारण नराम्रो निर्णय गर्ने अवस्थासम्म पुग्न सक्छन्। त्यही भएर परिवारका सदस्यले सङ्क्रमितहरुलाई माया, ममता र सहयोग गर्नुपर्ने हुन्छ ।

नियमित खाँदै आइएको खानेकुरा नै कोरोना सङ्क्रमण भएको बेलामा खाँदा हुन्छ । कोरोना सङ्क्रमितकै लागि भनेर छुट्टै खाना बनाइरहनु आवश्यक हुँदैन । कोरोना सङ्क्रमितले यस्तो खाना मात्रै खानुपर्छ भन्ने छैन । तर जाँडरक्सी, चुरोट खानु हुँदैन । यस्ता चिज खाएमा अरु खालका सङ्क्रमणले पनि च्याप्दै जाने हुन सक्छ ।

बरु रुघाखोकी लागेको बेला हामीले घरमा खाने गरेका तातो झोलिलो पदार्थ खानु राम्रो हुन्छ । अदुवा, बेसार पानी पकाएर खानु पनि स्वास्थ्यका लागि लाभदायक हुन्छ । खानाको साथसाथै नियमित व्यायाम पनि गर्नुपर्ने हुन्छ ।

स्वास्थ्यको हेरचाह कसरी गर्ने ?

सङ्क्रमित भएर आइसोलेशनमा बस्दा हरेक दिन आफ्नो लक्षणको बारेमा ध्यान दिनुपर्छ । ज्वरो आएको कति भयो ? बिहानसम्म कति थियो ? भनेर जाँच गरिरहनुपर्छ । लक्षणहरु थपिएका छन् की छैनन् भन्ने कुरामा पनि उत्तिकै ध्यान दिनुपर्छ । श्वास फेर्न गाह्रो भएको छ भने आफूलाई जसरी बस्दा सजिलो हुन्छ त्यसैगरी बस्नुपर्छ ।

अक्सिजनको सर्कुलेसन कति छ भन्नेबारे जानकारी लिइरहनुपर्ने हुन्छ । नजिकको डाक्टर वा स्वास्थ्यकर्मीलाई जानकारी दिने र उहाँहरुबाट सल्लाह लिने गर्नुपर्छ । नजिकै डाक्टर वा स्वास्थ्यकर्मी नभए पनि फोन गरेर भए पनि जानकारी लिनुपर्छ । शरीरमा अक्सिजनको मात्रा ९० भन्दा कम भएमा घोप्टो परेर सुत्दा सहज भएमा डराउनु पर्दैन । तर ९० भन्दा कम छ र लक्षणहरु देखिएको छ भने अस्पताल गइहाल्नुपर्छ ।

पछिल्लो समय कोरोना सङ्क्रमितहरुलाई बान्ता तथा झाडापखाला लाग्ने स्वास्थ्य समस्या पनि देखिएको छ । त्यस्तो अवस्थामा पुनर्जलीय झोल पदार्थहरु खुवाइराख्नु पर्छ । बान्ता रोकिएन, झाडापखाला लागिरह्यो भने अस्पताल जानुपर्छ ।

(शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. राजभण्डारीसँग जानुका दुवाडीले गर्नुभएको कुराकानीमा आधारित)

भर्खरै प्रकाशित

स्वघाेषित सामाजिक ‘अभियन्ता’को आ’तंक, जतासुकै तीन करोड नेपालीको धम्की

नवराज कुँवर / शिलापत्र ६ फेब्रुअरी २०२० मा एचबीएम नेपाल नामक युट्युब च्यानलमा एउटा भिडियो अपलोड भयो, जहाँ आफूलाई सामाजिक अभियन्ता दाबी गर्नेहरूबीच कु’टा’कुट परेको…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…