लोकप्रिय गायक प्रेमध्वज प्रधानको नि’धन

काठमाडौँ ।  नेपालका लोकप्रिय गायक प्रेमध्वज प्रधानको नि’धन भएको छ । ८५ वर्षीय गायक प्रधानको बिहीबार सुन्धारास्थित काठमाडौं न्युरो तथा जनरल अस्पतालमा नि’धन भएको भतिज मञ्जुकुमार प्रधानले बताए ।

१२ दिनदेखि सोही अस्पतालमा उपचाररत प्रधानलाई कोभिड सं’क्रमणको आशंका गरिए पनि उनको परीक्षणमा नेगेटिभ आएको भतिज मञ्जुकुमारले बताए । प्रधानका दुई छोराहरु अमेरिकामा छन् ।

१९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा जन्मिएका प्रेमध्वजका ‘घुम्तीमा नआउ है’, ‘पर लैजाउ फुलहरु’, ‘नमान लाज यस्तरी’जस्ता दर्जनौं लोकप्रिय गीत छन् । प्रधानले नेपाल भाषाको गीत पनि गाएका छन् ।

संगीतकार लक्ष्मण शेषले पनि सामाजिक सञ्जालमा उनको निधनबारे लेखेका छन् । ‘अमर श्रष्टा तथा अजर-अमर गायक श्रद्देय प्रेमध्वज प्रधानको स्वर्ग महाप्रस्थानको खबर आयो । उहाँको अन्तिम श्रद्दाञ्जलीका लागि सुरक्षित रही नियमानुशार सहभागि भइदिनु हुन सम्पूर्ण श्रष्टा जगत र गीत संगीतसम्बन्धि सम्पूर्ण संघ संस्थाका पदाधिकारीज्युहरुलाई सुन्धारास्थित न्युरो हस्पिटलमा सहभागी भइदिनु हुन विनम्र अनुरोध गर्दछु’ उनले लेखेका छन् ।

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…