श्रीमानको अन्तिम संस्कारपछि…

अनिल न्यौपाने

मान्छेहरू किन यति साह्रै यताउता गरिरहेका छन् आज! केटाकेटीहरु त ठिकै हो, यी ठुल्दाइलाई के भएछ ? म घरमाथि रहेको सानो बारीमा काम गरिरहेकी छु। आज मेरो श्रीमान आउँदै हुनुहुन्छ। उहाँ सहरमा काम गर्नुहुन्छ, एउटा कन्स्ट्रक्सन कम्पनीमा। केही बेर अगाडि कुरा भएको थियो, बिस्ने भिर आइपुग्नुभयो रे।

छ्या! त्यहाँको बाटो त साह्रै नराम्रो छ। वर्षैपिच्छे बिग्रन्छ, विस्तारै आउनु है भन्दै फोन राखेकी थिएँ। दिन रमाइलो छ, डाँडामा घर भएर होला साँझसम्मै घाम लाग्छ, हावा चल्छ।

यी गाउँका मान्छेहरुको आवतजावतको गति बढिरहेको लाग्दैछ। अब मनमा डर उत्पन्न भयो। कसलाई के भएछ! मलाई त खबर पनि छैन। एकोहोरो यता उता गर्दै छन्। अलि अजिब लाग्यो।

गाउँपालिकाकी तारा मेडमसँगै उहाँका सहकर्मीहरु आउँदै गरेको देखेँ। अलि माथि छ गाउँपालिकाको कार्यालय तर पनि यहाँबाट देखिन्छ हिँडेको, डुलेको। म घर लाग्दै गर्दा तारा मेडमसँग बाटोमा भेट भयो।

‘दिदी के गर्दै हुनुहुन्छ? सन्चै हुनुहुन्छ? हाम्रो त बल्ल घर फर्किने बेला भयो,’ हाँस्दै उहाँले सोध्नु भयो। ‘ठिकै छ मेडम, भर्खर बारीमा अलिकति काम थियो त्यही सक्काएर आउँदै छु। काममा लागेपछि अलिकति दुख त सहनुपर्यो नि। म जस्तै घर कुर्ने मात्रै बने त झन् दुःख छ नि,’ हाँस्दै उत्तर दिएँ।

‘आउनुहोस्, खाजा खाएर जानुहोला?’ मैले प्रस्ताव राखेँ। ‘भयो दिदी, अर्कोदिन खाउँला। आज त सर पनि हुनुहुन्न, बिस्नेभिर जानुभयो। भर्खर गाडी खसेछ नि थाहा पाउनु भयो?’ ‘हो र! कतिबेला? कसरी थाहा भयो तपाईलाई?’ म झस्किँए।

‘अघि नै हो रे, धेरै मान्छेहरु थिए रे खस्यो। लोड धेरै भएर भन्ने समाचार सुनेका हामीले पनि। तपाईले आज रेडियो सुन्नु भएको छैन?’

हतार-हतार घर पुगेर रेडियो खोलेँ। यही बारेमा खबर आइरहेको रहेछ। ‘बिस्ने भिरमा बस पल्टिँदा १० को मृत्यु, ३० भन्दा बढी घाइते। ७ मृतकको पहिचान खुल्यो, ३ को पहिचान खुल्न बाँकी, घाइतेहरुलाई नजिकैको स्वास्थ्य केन्द्र लगिँदै।’

‘दिदी किन आत्तिनु भएको, के भयो?’ मेरो हात खुट्टाले काम गर्न छोडे, सबैतिर अँध्यारो भयो। किन-किन आफूले आफैंलाई उजाडिएको देख्न थालिसकेँ। ‘मेरो बुढा पनि त्यही गाडीमा आउँदै हुनुहुन्थ्यो,’ मैले जवाफ दिएँ।

‘त्यो बाटोमा त्यही एउटा मात्रै गाडी चल्छ र, अर्को गाडीमा आउँदै हुनुहुन्थ्यो होला नि।’ मलाई सान्त्वना दिन खोज्दै हुनुहुन्थ्यो। त्यत्तिकैमा फेरि रेडियोको आवाज मेरो कानमा पर्यो- मृत्यु हुनेहरुमा सुन्दरबस्ती गाउँपालिका वडा नम्बर-९ निवासी शिवलाल सुनार…

खबर गाउँभरि फैलियो। घरभरि मान्छेले भरियो। केही पुरुष बिस्ने भिरसम्म जाने कुरा गर्दै थिए भने महिलाहरुले मलाई सम्हाल्दै।

मेरो श्रीमान एक्लो छोरा हुनुहुन्थ्यो। बा-आमाको केही वर्ष अघि नै मृत्यु भइसकेको थियो। हामी बुढाबुढीमात्रै थियौं घरमा। केहीबेरमा घटनास्थलसम्म पुगेर अन्तिम संस्कार सकाउने तयारी चल्दै थियो।

मलाई एउटा गाडीमा राखेर बिस्ने भिरसम्म लगियो। त्यहाँबाट लास पोस्टमार्टमको लागि जिल्ला अस्पतालसम्म लगिसकिएको रहेछ। जब म त्यहाँ पुगेर श्रीमानको अनुहारबाट कपडा हटाएर हेरिेमात्रै रहेँ।

बररर.. आँसु खसे। मलाई त्यो क्षण यतिसम्म बिझेको थियो कि म अरु केही प्रतिक्रिया दिने अवस्थामा थिइनँ। त्यहाँबाट लास लिएर घाटसम्म लगियो। तर मलाई घर ल्याइयो।

अन्तिम संस्कारसँगै मेरो पहिरन परिवर्तन भयो। मेरा हातका चुराहरु निकालिए, सिन्दुर, निधारका टीकाहरु निकालिए। आफ्नो अनुहार ऐनामा हेर्न डरलाग्दो बनाउँदै थिए। एकहिसाबले मेरा जीवनको अस्तित्व मेटिँदै थियो।

एउटा कोठामा एक्लै राखियो मलाई। बिहे भएर आफ्नो पहिरन परिवर्तन गर्दा पाइने इज्जत र अहिलेको यो पहिरनको इज्जतमा धेरै भिन्नता हुने रहेछ, साह्रै अचम्म! तर समाजमा बसिसकेपछि समाजका चलनहरु पनि निभाइदिनु पर्ने।

यी यस्तै घटनाहरुले १३ दिनसम्म कार्य पूरा भयो। अलिकति जम्मा भएको पैसा पनि घटनामा सकियो। म क्रिया बसेको बेला माइतबाट बुवाले ठुल्दाइलाई छोडेर जानु भएको केही रकम थियो।

जम्मा भएको पैसाले घरव्यवहार त चलिरहेको छ। तर बुढाको याद, एक्लोपनले भने साह्रै सताउँछ। माइतआमासँग कुरा गरेर भएपनि दिन कटाउँछु। कहिलेकाहीँ आउनुहुन्छ रमाइलो लाग्छ।

तर घटनाक्रमसँगै मेरा पिरहरु पनि बदलिएका छन्। जवान केटादेखि अधबैँसे पुरुषहरुहरु घरसम्म आउने गति, बोल्ने तरिका, हाउभाउमा समेत परिवर्तन छ। छुट्टाउनसम्म मुस्किल छ साँच्चै, को आफ्नो भनेर।

सिधा मुख त कसैले केही भन्दैनन् तर काम खोज्दिने, काम लगाइदिने मान्छे साह्रै धेरै आउँछन्। अप्ठ्यारो लाग्छ भनौँ पनि कसलाई? आमालाई सुनाउन पनि सक्दिनँ।

गाउँका महिलावर्गहरुको हुलको पनि छुट्टै रवाफ छ। बारीमा पस्दा होस् वा गाउँका सभा-सम्मेलनमा कुरा सुनाउन र कुरा काट्नेहरुको कमि छैन। तल्लाघरे बजैले त २८ वर्षमा बुढो खाई भनेकोसम्म सुनेकी छु।

यस्ता घटनाले यो ठाउँमा बस्न मुस्किल हुँदैछ। अर्को दिन बिहानै माइतीघरको बाटो लागेँ। अरु जाउँ सुनाउँ भन्ने ठाउँ पनि कतै थिएन।

‘ए छोरी, आयौ?’ आँगन बढारिरहनु भएकी आमाले कुचो भुइँमा राख्दै सोध्नुभयो। बुबा खेततिर गइसक्नु भएको रहेछ। जेठो दाइ-भाउजू सहरमा हुनुहुन्छ। बेला मौकामा मात्रै घर आउनुहन्छ। कान्छो दाइ र भाउजूले यतै काम गर्नुहुन्छ खेती-किसानी।

आमासँग एकछिन कुरा गरेपछि मन हलुका भयो। मैले भोगका सबै घटना त आमालाई सुनाउन सक्दिनँ तर पनि त्यो ठाउँमा बस्न त अब असहज थियो। त्यसैले कुरैकुरामा आमालाई सोधेँ, ‘आमा, तपाईं मलाई यतै राख्नुहुन्छ?,

आमाको मुखबाट उत्तर सुन्न आतुर थिएँ। एकछिन हामी बसिरहेको कोठा सन्नाटाले भरियो। ‘मैले त के भनूँ छोरी, बुबा अनि कान्छा-कान्छीलाई सोध्नुपर्छ।’ ‘भैगो आमा, त्यसको जरुरत नपर्ला,’ यही उत्तर दिएर म त्यहाँबाट निस्किएँ। साभार : सेतोपाटीडटकम 

भर्खरै प्रकाशित

कतार प्रहरीमा शून्य लागतमा भर्ना प्रक्रिया हुनुपर्ने सर्त नमानेर म्यानपावरले…

काठमाडौँ । कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजलाई गत वर्ष सेप्टेम्बर २७ मा कतारको आन्तरिक मन्त्रालयका उच्च अधिकारीले एउटा सुखद खबर सुनाए । त्यो थियो, त्यहाँको…

राष्ट्रिय सहमति कायम गरेर छिटै एमसीसी पारित गरौं : बाबुराम…

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय सहमति कायम गरेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता पारित गर्न सुझाव…

काममा असाध्यै व्यस्त थिएँ, राज कुन्द्रा के गरिरहेका थिए मलाई…

राज कुन्द्रा पोर्नोग्राफी केसमा मुम्बई क्राइम ब्रान्चले २३ जुलाईमा शिल्पा शेट्टीको बयान दर्ता गरेको थियो । एक भारतीय सञ्चार माध्यमले शिल्पाले प्रहरीलाई दिएको बयानको विस्तृत…

बागमती प्रदेशमा पनि बादल नै एमाले इन्चार्ज !

काठमाडौं । नेकपा एमाले काठमाडौंले गरेको प्रशिक्षणलाई बागमती प्रदेश इन्चार्जको भूमिकामा रामबहादुर थापा बादलले सम्बोधन गरेका छन् । कमलादीस्थित प्रज्ञाभवनमा जिल्ला स्तरीय प्रशिक्षणमा बादल प्रदेश…

सेतो पुतली आतंक : १८ वर्षे युवाको गुम्यो ज्योति, ५–१५…

लालप्रसाद शर्मा, घनश्याम खड्का, अगन्धर तिवारी (कान्तिपुर) पोखरा/म्याग्दी/पर्वत । म्याग्दीको बेनी–७ बेनीबजारका १८ वर्षीय अमृत पुनको देब्रो आँखामा भदौ १३ मा सेतो पुतलीको झुस परेर…