कोभिडका कारण ज्यान गुमाउनेको परिवारलाई सरकारले २५ लाख क्षतिपूर्ति दिने

सरकारले कोभिड १९ को कारण मृ’त्यु भएमा क्षतिपूर्ति स्वरुप २५ लाख रुपैयाँ दिने भएको छ। प्रदेश नं. १ को बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो।

बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र श’व व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको कोभिड १९ को कारण मृ’त्यु भएमा उसको परिवारलाई क्षतिपूर्तिस्वरुप रकम प्रदान गर्ने निर्णय गरेको हो। त्यसरी दिइने रकम नेपाल सरकारले प्रदान गर्ने क्षतिपूर्ति रकमसँग दोहोरो नहुने गरी दिइने भएको छ।

त्यस्तै बैठकले कोभिड १९ को पहिचान, निदान, उपचार, बिरामीको ओसारपसार र श’व व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका चिकित्सक, स्वास्थ्यर्की, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुको कोभिड १९ बाट संक्रमित भई बिरामी भएमा प्रदेश सरकारले तोकेको सरकारी तथा निजी अस्पतालमा उपचार गर्दा लागेको सम्पूर्ण खर्च प्रदेश सरकारले व्यहोर्ने तथा कोभिड १९ संक्रमित भई होम आइसोलेसनमा बस्न सक्ने अवस्था नभई घरबाहिर संस्थागत वा होटल आइसोलेसनमा बस्दा लागेको सबै खर्च समेत प्रदेश सरकारले व्यहोर्ने निर्णय गरेको छ।

बैठकले कोभिड १९ को रोकथाम, नियन्त्रण, निदान तथा उपचार व्यवस्थापनका लागि प्रदेश सरकारद्वाा सञ्चालित कोशी अस्पताल, कोभिड १९ उपचार केन्द्र, बिराटनगर तथा प्रदेश सरकार मातहतका सम्पूर्ण अस्पतालको कोभिड वार्डमा प्रत्यक्ष रुपमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, चालक र सफाइकर्मीका साथै कर्मचारीहरुलाई सुरु तलब स्केलको पचास प्रतिशत जोखिम भत्ता प्रदान गर्ने निर्णय गरेको छ।

भर्खरै प्रकाशित

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…

घरबेटी सरस्वती महर्जन छुटेपछि रुपामाथि का’रबाहीको माग

जातीय विभेदको आधारमा कथित दलित जातिकी युवतीलाई घर भाडामा नदिएको आरोपअन्तर्गत प’क्राउ परेकी बबरमहलकी घरबेटी आज छुटेकी छन् । नेवार समुदायलगायत विभिन्न संघ, संस्थाले सरस्वती…