रुसी खोपको मूल्यमा कुरो मिलेन, अनुदान माग्दै सरकार, खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेन

स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी र रुसबाट आएको प्रतिनिधिमण्डलको टोलीबीच नेपालमा रुसी खोप ल्याउने सहमति भएको भनिए पनि रुसी खोप आउनेबारे अझैसम्म टुङ्गो लाग्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले समेत रुसी राजदूतसँग यसबारे छलफल गरे पनि परिणाम हात लागेको छैन ।

वैशाख १५ गते बुधबार मस्कोबाट आएको प्रतिनिधिमण्डल र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीबाट ८० लाख डोज रुसी भ्याक्सिन किन्ने अनौपचारिक सहमति भएको थियो । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले मूल्यको विषयमा छलफल भइरहेको र यसबारे केही दिनमै निर्णय हुने बताएका थिए ।

त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख १७ गते बालुवाटारमा रुसी राजदूत अलेक्सेई नोभिकोभसँग भएको भेटमा नेपालले ‘स्पुतनिक–भी’ खोप प्रयोगका लागि अनुमति प्रदान गरिसकेको बताएका थिए । प्रधानमन्त्री ओलीले रुसबाट खोप ल्याउनेबारे सहजीकरण गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए ।

नेपालले खोप उत्पादक देशकै उच्चस्तरीय प्रतिनिधिसँग खरिद गर्ने सहमति गरेको भए पनि मुल्यमा कुरा नमिल्दा औपचारिक सम्झौता हुन सकेको छैन । रुसमा निर्मित कोरोनाविरुद्धको खोप ‘स्पुतनिक–भी’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दिइसकिएको छ ।

वैशाख ७ गते स्वास्थ्य सेवा विभागले उक्त खोपलाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति प्रदान गरेको थियो । त्यसलगत्तै खोप निर्माता कम्पनीका प्रतिनिधि नेपालमा नै आइ खोप बिक्रीबारे छलफल गरेका थिए ।

अहिले नेपालले भारतसँग खरिद गरेको मूल्यभन्दा महङ्गो मूल्यको प्रस्ताव आएकाले तत्काल निर्णय नगरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयका एक अधिकारीले रातोपाटीसँग भने, ‘केही महङ्गो गरी प्रस्ताव आएको छ, हामीले मूल्य घटाउन आग्रह गरेका छौँ । केही डोज खोप नि:शुल्क उपलब्ध गराउन पनि भनेका छौँ । अब केही दिनमै निर्णय होला सायद ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतम भने छलफल भए पनि कुनै निर्णय भने नभएको बताउँछन् । उनले भने, ‘रुसी खोप खरिद गर्नका लागि छलफल भएको हो । तर, कुनै निर्णय भने भइसकेको छैन । यसबारे थप जानकारी मलाई छैन, मन्त्रीज्यूलाई नै सोध्नुपर्ला कि ।’

मन्त्रालय स्रोतका अनुसार सरकारले रुससँग सहुलियतमा खोप उपलब्ध गराउन आग्रह गरेको छ । हालको प्रस्तावित मुल्य महङ्गो भएको भन्दै केही अनुदानमा र बाँकी खोप सहुलियत मुल्यमा उपलब्ध गराउन सरकारले आग्रह गरेको छ । रुसी दूतावासमार्फत् रुस सरकारलाई पत्र लेखेर नै अनुदान र सहुलियतमा खोप उपलब्ध गराउन माग गरिएको छ ।

नेपालका १८ वर्षमाथिका २ करोड १४ लाख जनसङ्ख्यालाई खोप लगाउने सरकारको योजना छ । रुसले ८० लाख खोप दिएको अवस्थामा ४० लाख जनसङ्ख्यालाई दुई डोज खोप दिन मिल्छ ।

नेपालले राम्रोसँग पहल गरेको अवस्थामा रुसले नेपालका लागि आवश्यक सबै खोप दिन सक्ने हैसियत भए पनि सरकार खोपको मुल्य महङ्गो भएको भनेर अल्झिँदा रुसी खोपको अन्योल नहटेको हो । साभार : रातोपाटीडटकम  

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…