घरमै पुगेर स्वाब संकलन गरे पाँच सय रुपैयाँ मात्र लाग्ने : मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्थानीय तहलाई जोखिमयुक्त स्थानमा कन्ट्याक्ट ट्रेसिङ सघन रूपमा गर्न अनुरोध गरेको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले बुधबार प्रेस ब्रिफिङमार्फत् स्थानीय तहका जोखिमयुक्त स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङ गर्न अनुरोध गरेको हो।

मन्त्रालयको इन्सिडेन्ट कमान्ड सिस्टमले गरेको निर्णयअनुसार कन्ट्याक्ट ट्रेसिङ गरी नमूना संकलन गरेर कोभिड-१९को परीक्षण बढाउने व्यवस्था गर्न अनुरोध गरेको हो। त्यस्तै, मन्त्रालयले घरमै गएर पिसिआर परीक्षण गर्ने नमूना संकलनको शुल्क अधिकतम् ५०० सय रुपैयाँ निर्धारण गरेको छ।

घरमा पुगेर पिसिआर परीक्षणका लागि नमूना संकलन गर्ने शुल्क अधिकतम ५०० रुपैयाँ निर्धारण गरेको प्रवक्ता गौतमले बताए। यसका लागि आवश्यक मापदण्डको व्यवस्थापन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गर्ने निर्णय भएको गौतमले बताए।

देशभरका अधिकांस अस्पतालमा जनशक्ति अभाव

अस्पतालमा जनशक्तिको पनि अभावले समस्या उत्पन्न भएको छ। अस्पतालमा अहिले कोभिड डेडिकेटेड चारजना मेडिकल अफिसर, २ कन्सलटेन्ट र १४ नर्सिङ स्टाफ छन्। यस अतिरिक्त ५ जना कार्यालय सहयोगी र ५ जना प्यारामेडिक रहेको तथा जनशक्तिको थप गर्ने तयारी भइरहेको सूचना अधिकृत पोखरेलले बताए।

समाजिक अभियन्ता प्रयाख्त बन्जाडेले भीम अस्पतालले हालसम्म विभिन्न कठिनाइका बाबजुद पनि बिरामीको उपचार गरिरहेको बताए। उनले अस्पतालमा जनशक्ति अभाव लगायत समस्या देखिएकोले राजनीति गर्नमा व्यस्तमा रहेको प्रदेश सरकार राजनीतिलाई थाती राखेर संक्रमितको उपचारमा ध्यान दिनुपर्ने सुझाए।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…