भारतबाट फर्किनेलाई आठ होटलमा क्वरेण्टीन, १० दिनमा बढीमा ३० हजार रुपैयाँ खर्च लाग्ने

काठमाण्डाै । सरकारले भारतबाट नेपाल आउने यात्रुका लागि काठमाण्डौका आठ वटा होटललाई क्वरेण्टीनका रूपमा तोकेको छ । २३ गते बिहीवारदेखि अरू सबै अन्तर्राष्ट्रिय उडान बन्द भए पनि भारतबाट भने हप्तामा दुई वटा उडान हुनेछन् ।

भारतबाट आउनेहरूका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आठ वटा होटल तोकेको छ । गोदावरीको भ्यु भृकुटी, गुहेश्वरीको माधव होटेल, एअरर्पोटको एअरर्पोट होटेल, गौशालाको अमादब्लम होटेल, गौशालाकै रिडर्स इन र आनन्द आश्रम, जगातीको फार्म हाउस रिर्सोट र जगातीको ए–वान रिर्सोटलाई होटेल क्वरेण्टीनका रूपमा तोकिएको छ ।

यी होटलले ग्राहकबाट भ्याट र सेवा शुल्कसहित प्रतिदिन तीन हजार रुपैयाँका दरले शुल्क लिन पाउनेछन् । विमानस्थल आउजाउको लागि यातायात सुविधा र खाना तथा बस्नको प्रबन्ध हुनेछ ।

भारतबाट आएका यात्रु १० दिन अनिवार्य क्वरेण्टीनमा बस्नुपर्नेछ । उनीहरू क्वरेण्टीन बसे/नबसेको पर्यटन बोर्ड, पर्यटन विभाग र नेपाल प्रहरीको संयुक्त टोलीले अनुगमन गरेर दैनिक प्रतिवेदन सीसीएमसी, पर्यटन मन्त्रालय र गृह मन्त्रालयमा पेस गर्नुपर्नेछ । १० दिन क्वरेण्टीनमा नबसेको पाइएमा तत्कालै कारबाही गरिने मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

कुटपिटको अभियोगमा ज्वाला संग्रौलासहित तीन जना पक्राउ

काठमाडौं । प्रहरी कार्यालयमा महिलामाथि कुटपिट गरेको अभियोगमा आफूलाई अभियन्ता बताउने ज्वाला संग्रौलासहित तीन जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका…

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…