देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास पुगेका छन् ।

राष्ट्रिय सभा सदस्यको उपचुनावमा विपक्षी दलहरुले गठबन्धन बनाए लगत्तै एमाले अध्यक्ष समेत रहेका ओली पार्टीका नेताहरुलाई लिएर देउवा निवास बुढानीलकण्ठ पुगेका हुन् ।

देउवाका स्वकीय सचिव भानु देउवाले प्रधानमन्त्री भेटका लागि आएको पुष्टि गरे ।

ओलीविरुद्ध महागठबन्धन, सहमतिको खाका बन्यो

राजनीतिक शक्तिले यस्तो अवस्था ल्यायो कि प्रधानमन्त्री केपी शर्मा ओली एकातर्फ बाँकी हस्ती नेताहरु अर्कातर्फ हुँदा पनि उनकै प्रभाव बढी देखिएको छ । ओलीले एउटै दल तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा रहँदा तीन पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र झलनाथ खनाललाई सडकमा धर्ना दिने अवस्थामा पुर्याइदिएकै हुन् ।

यतिले मात्र ओलीको खेल रोकिएन । उनले एमाले ब्युँतिएपछि माधवकुमार नेपाललाई पार्टीबाट निष्काशित गरे । झलनाथ खनालसहित हस्ती नेताहरुलाई स्थायी कमिटीमा समेत नराखी पार्टीको अध्यक्षका हैसियतले कठोर निर्णयहरु लिए ।

ओलीले वामदेव गौतमलाई डिनर छाडेर हिंड्ने सम्ममा पुर्याए । माधव नेपाल र झलनाथ खनालसँग निकट नेताहरु पेलाईमा परे । जसका कारण माधव नेपाल गर या मरको अवस्थामा पुगे । उनले एकपछि अर्को कठोर कदम चाल्ने निर्णयहरु लिए ।

अहिले आफूसहित निकटस्थ प्रत्यक्ष निर्वाचित सांसदहरुको सामूहिक राजीनामाबाट भएपनि अगाडि बढ्ने रणनीतिका साथ नेपाल सक्रिय भएका छन् । उनले त्यस्तो कदमबाट ओलीलाई फेरि प्रधानमन्त्री बन्न रोक्न खोजेका छन् ।

नेपालले काँग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवसँग बसेर रणनीतिबारे छलफल गरेका छन् । उनीहरुबीच एक प्रकारको भित्री सहमति बनिसकेको बुझिएको छ । अब नेपालपक्षीय प्रत्यक्ष निर्वाचित सांसदहरुले राजीनामा दिने, सभामुखले त्यसको स्वीकृति गर्ने र ओलीलाई विश्वासको मत लिनबाट असफल बनाएर बहुमतप्राप्त अर्को सरकारका लागि मार्ग प्रशस्त गर्ने रणनीति बनेको छ । आगामी चुनावसम्म शिर्ष र प्रभावशाली नेताहरुलाई चुनाव जिताउने गरी सहकार्य गर्ने सम्ममा नेताहरुले सहमतिको खाका तयार गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ ।

नयाँ सरकार गठन देखि आगामी चुनावसम्मका लागि महागठबन्धन बनाउने गरी ओलीविरोधी नेताहरुले सालाखाला सहमति निकालेका छन् । महागठबन्धनमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत हस्ती नेताहरु रहने बुझिएको छ ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…