सेनाका अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन निर्देशन

२२ वैशाख, पोखरा । नेपाली सेनाले अवकाशप्राप्त सैनिक स्वास्थ्यकर्मीलाई सेवामा फर्किन तयार रहन निर्देशन दिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा बसेको विशेष बैठकले २०७२ साल भन्दा पछाडि नेपाली सेनाको स्वास्थ्य सेवाबाट अवकाश पाएका स्वास्थ्यकर्मीलाई आवश्यक परेका बेला बोलाउन सक्ने गरी तयारी अवस्थामा रहन निर्देशन जारी गरेको हो ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या अत्यधिक बढेपछि सेनाले अवकाश पाएका आफ्ना स्वास्थ्यकर्मीलाई पनि तयारी अवस्थामा रहन भनेको हो ।  नेपाली सेनाले कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सेनाको थप भूमिकाको पूर्वानुमान एवं कार्यान्वयनका लागि विभिन्न योजना तर्जुमा र आवश्यक तयारी गरिरहेको पनि जनाएको छ ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…