किर्ते हस्ताक्षर गरेर बनेका शंकर पोखरेल नक्कली मुख्यमन्त्री हुन् : पूर्वमन्त्री सुदर्शन बराल

लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री सुदर्शन बरालले शंकर पोखरेलले किर्ते हस्ताक्षर गरेर प्रदेश प्रमुखबाट मुख्यमन्त्री पदमा पुनः नियुक्ति लिएको आरोप लगाएका छन् । उनले किर्ते गरेकाले पोखरेल नक्कली मुख्यमन्त्री भएको दावी पनि गरे ।

बुधबार बिहान रातोपाटीसँग कुराकानी गर्दै बरालले ८१ जना सांसद रहेको प्रदेश सभामा पोखरेलको पक्षमा जम्मा ३७ जना सांसद रहेपनि उनले किर्ते गरेर मुख्यमन्त्रीमा नियुक्ति लिएको आरोप लगाए ।

‘नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ( जसपा ) गठबन्धनमा ४२ जना सांसदको हस्ताक्षर लिएर हामी प्रदेश प्रमुख धर्मनाथ यादवकहाँ पुगेका थियौं, तर उहाँले म बुझ्छु –हेर्छु भन्दै अल्मल्याउनु भयो’, उनले आरोप लगाए ।

बरालले भने, ‘हामी बहुमत सदस्यहरु त्यसरी स–शरीर जाँदा पनि प्रदेश प्रमुख जस्तो सम्मानित ब्यक्ति यादवले नेकपा एमालेको एउटा साधरण कार्यकर्ताले गर्ने भन्दा पनि निकृष्ट राजनिति गर्नु भयो ।’

प्रदेश प्रमुख जस्तो संवैधानिक ओहदामा बसेको व्यक्तिले संविधान र विधी पद्धतिको धज्जी उडाउँदै राती–राती सपथ दुःखद भएको उनले बताए ।

उनले आफुहरुको गठबन्धनले प्रदेश प्रमुख यादवलाई महाअभियोग लगाएर बर्खास्त गरिनुपर्ने माग गरेको बताए । नेकपा माओवादी केन्द्रका नेता समेत रहेका पूर्वमन्त्री बरालले भने–‘हाम्रो पक्षमा बहुमत छ । हामीले त्यो किर्ते गरि बनेको अल्पमतको सरकारलाई स्वीकार गर्दैनौं । किर्ते हस्ताक्षर बिरुद्ध अदालत खुले पछि जान्छौं ।’

यसअघि मुख्यमन्त्री सहित ७ वटा मन्त्रालय रहेकोमा अहिले धमाधम विभिन्न विभागको नाम राखेर १० जना मन्त्रीहरुलाई नियुक्ति गर्नुको कुनै अर्थ नरहेको नेता बरालको भनाई छ । यसअघि नै विपक्षी गठबन्धनले मुख्यमन्त्रीलाई बहिस्कार गर्ने बताएका थिए ।

भर्खरै प्रकाशित

महामारी होस् या बाढी पहिरो : मौन रहने यी स्टार

उसो त, सामाजिक कार्य गर्दा प्रचार नै गर्नुपर्छ भन्ने छैन । केही प्याकेट चाउचाउ र नुन बाड्दा पनि फोटो खिचाएर ठूलै हल्ला गर्नेहरुको जमात यहाँ…

धनाढ्यले पनि छाड्दैनन् सामाजिक सुरक्षा भत्ता

चितवन । वार्षिक २६ किलो हाराहारी सुनको व्यापार गर्ने नारायणगढ बजारका एक व्यापारी विश्वकै महँगोमध्येको मर्सिडिज कार चढेर छोराको पोषण भत्ता लिन वडा हुँदै बैंक…

कतारले विश्वकप हेर्न आउने १० लाख दर्शकलाई कोरोनाभाइरसको खोप निशुल्क…

कतार सरकारले अर्को वर्ष हुने फिफा विश्वकपका खेलहरू हेर्न रंगशालामा जाने दर्शकहरूले कोरोनाभाइरसविरूद्धको खोप लगाउनै पर्ने नियम लागू गर्ने भएको छ। प्रधानमन्त्री तथा आन्तरिक मन्त्री…

एक नेपाली प्रधानमन्त्री जो बग्गीमा बसी रुँदैरुँदै भारत गए, उतैबाट…

राणा शासनको अन्तिम कालखण्डको कुरा हो । जंगवहादुरले शुरु गरेको शासनसत्ता सय वर्ष पुग्दै थियो । तिनताका उता भारत भर्खरै अंग्रेजको उपनिवेशवाट मुक्त भएको थियो…

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…