कोभिशिल्डको दुई डोज खोप लगाएकालाई पनि संक्रमण

भक्तपुर । कोरोना भाइरसविरुद्धको खोपको दुई डोज लगाएका भक्तपुरका एकजना पत्रकारलाई संक्रमण भएको छ। भारतमा उत्पादित कोभिशिल्डको दुई डोज लगाएका उनलाई कोरोना भाइरस संक्रमण भएको नेपाल पत्रकार महासंघ भक्तपुर शाखाका अध्यक्ष जगतकृष्ण प्रजापतिले जानकारी दिए।

उनका अनुसार उनी अहिले होम आइसोलेसनमा रहेका छन्। ती पत्रकारका घरका सबैलाई कोरोना भाइरस संक्रमण भएको अध्यक्ष प्रजापतिले बताए।

तीसँगै भक्तपुरमा चारजना पत्रकारलाई कोरोना भाइरस संक्रमण भएको छ। ३ पुरुष र एक महिला गरी चारजना पत्रकार संक्रमित भएको महासंघ भक्तपुरका सचिव सञ्जीव घिमिरेले जानकारी दिए।

उनका अनुसार एकजना पुरुष पत्रकारको मध्यपुर थिमिस्थित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको आईसीयूमा र अर्को एक पुरुष पत्रकारको भक्तपुर अस्पतालको एचडीयूमा उपचार भइरहेको छ।

अरु दुईजना भने होम आइसोलेसनमा रहेका छन्। तीन जना पत्रकारले भने कोरोना भाइरसविरुद्धको खोप लगाएको कुनै जानकारी नभएको नेपाल पत्रकार महासंघ भक्तपुर शाखाले जनाएको छ।

सक्रिय संक्रमित २ हजार नाघे

भक्तपुरमा सक्रिय संक्रमितको संख्या २ हजार ४९ जना पुगेको छ। जसअनुसार एकहजार एकसय १९ पुरुष र ९ सय ३० जना महिला रहेका छन्।

यहाँ पछिल्लो समय एकैदिन २ सय १८ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। जसमध्ये मध्यपुर थिमि नपामा मात्रै एकसय २५ जना संक्रमित थपिएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। कार्यालयका प्रमुख कृष्ण मिजारले मध्यपुर थिमि नपामा ६४ जना पुरुष र ६१ जना महिला गरी एकसय २५ जना संक्रमित थपिएको बताए।

उनले सूर्यविनायक नपामा २९ पुरुष र १८ महिला गरी ४६ जना र भक्तपुर नपामा १८ पुरुष र १२ महिला गरी ३० जना संक्रमित थपिएको जानकारी दिए। चाँगुनारायण नपामा ५ महिला र २ पुरुष गरी ७ जनामात्रै थपिँदा संक्रमण पुष्टि भएका ५ पुरुष र ४ जना महिला सम्पर्क बाहिर रहेको प्रमुख मिजारले बताए। फाइल तस्विर / सामाजिक संजाल 

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…