अमेरिकामा कार्यरत नेपाली अनुसन्धानकर्तालाई २ लाख ९७ हजार डलरको अवार्ड

काठमाडौँ । एक नेपाली अनुसन्धानकर्ताले अमेरिकाको प्रतिष्ठित नेशनल साइन्स फाउण्डेशन (एनएसएफ)अवार्ड पाएका छन् ।

अमेरिकाको केन्टकी राज्यस्थित क्याम्बेल्सविल विश्वविद्यालयमा उपप्राध्यापकको रुपमा कार्यरत भौतिकशास्त्री डा. इन्द्रदेव साहुले २ लाख ९७ हजार डलर (करिब ३ करोड ५० लाख रुपैयाँ) राशिको अवार्ड पाएका हुन् । अमेरिकाको संघीय सरकार मातहतको अमेरिकी राष्ट्रिय विज्ञान प्रतिष्ठान ले यो अवार्ड साहुलाई अनुसन्धातवृत्तिका लागि दिएको हो ।

पोटासियम च्यानल एसेसरी प्रोटिन(केसीएनई३) को संरचना र गतिशिलताको अध्ययनका लागि साहुले यो अनुदान पाएका हुन् । केसीएनई३ स्वास्थ्यसँग सम्बन्धित प्रोटिन रहेको साहुले कान्तिपुरलाई बताए । ‘यो प्रोटिन स्वास्थ्य रोगसँग सम्बन्धित छ । विशेष गरी मुटुसँग सम्बन्धित प्रोटिन पनि हो,’ उनले कान्तिपुरसित फोन कुराकानीमा भने,‘यो प्रोटिनको अध्ययनले मुटु सम्बन्धीको गतिशिलता अध्ययनमा थप जानकारी पाइन्छ ।’

यो अनुसन्धानवृत्ति उनले मार्चमा पाएका हुन् । एनएसएफ अमेरिकाको संघीय सरकार मातहतको निकाय हो ।एनएसएफले दिने यो अनुदान(अवार्ड ) पाउनका लागि निकै प्रतिस्पर्धा हुने गर्छ । आफूले पाएको अनुदान रकम विश्वविद्यालयभित्रै खर्च हुने उनले सुनाए ।

सप्तरीको महदेवा गाउँपालिका–२ अकवरपुर घर भएका ४३ वर्षीय साहु क्याम्बेल्सविल विश्वविद्यालयमा बायोमेडिकल फिजिक्स सम्बन्धीको विषयमा अध्ययन, अनुसन्धान र अध्यायपन गराउँछन् । उनको यो रकम तीन वर्षभित्रमा अनुसन्धानमा खर्च गर्नुपर्नेछ ।

उनले भने,‘नेपाली अनुसन्धानकर्ताहरुका लागि पनि यो अवसर र हौसला हुन सक्छ ।’ निरन्तरको लगनशिलता र लगावका कारणले यो उपलब्धि हासिल गरेको उनले बताए ।

सन् २००९ मा स्टेट युनिर्भसिटी अफ न्यूयोर्कबाट विद्यावारिधि गरेपछि साहुले वाहायो राज्यको मायामी विश्वविद्यालयमा पोस्ट डक्टरल र रिसर्च साइन्टिस्टको रुपमा काम गरेका थिए ।

 

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…