खुट्टामा बाँधेर ल्याउँदै गरेको ११ लाख बढी रुपैयाँसहित दुईजना प’क्राउ

विराटनगर । सशस्त्र प्रहरीले खुट्टामा बाँधेर भारततिरबाट ल्याउँदै गरेको ११ लाख ५० हजार नेपाली रुपैयाँसहित दुईजनालाई विराटनगरबाट प’क्राउ गरेको छ । कोरोना महामारीका कारण नेपाल–भारत सीमा नाका सिल गरिएको अवस्थामा चोर बाटो हुँदै अलग–अलग समयमा नेपाल प्रवेश गरेका दुई जनालाई नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा स्रोत खुल्न नसकेको नेपाली रुपैयाँ बरामद भएको हो ।

विराटनगर महानगरपालिका–१६ शान्ति टोलका २३ वर्षीय अमोद यादव र विराटनगर–१५ हड्तालीहाटमा बसोबास गर्दै आएका भारतीय नागरिक १८ वर्षीय अभिषेक चौधरीलाई अवैध रुपैयाँसहित प’क्राउ गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रवक्ता डीएसपी नवीनसिंह राईले जानकारी दिए ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट दुवै जना अवैध ढंगले पैसाको कारोबार गर्ने व्यक्तिहरु भएको खुलेको छ । रातको समयमा विराटनगर–१६ दरैयास्थित सीमाक्षेत्र हुँदै भारतबाट नेपाल प्रवेश गर्दै गरेको अवस्थामा यादव र चौधरीलाई अलग–अलग समयमा प’क्राउ गरिएको डीएसपी राईले बताए ।

प’क्राउ परेकामध्ये चौधरी भारत कटिहार नगरपञ्चायत–४४ नयाँटोलका बासिन्दा हुन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारततर्फ ल्याउने एवं लैजाने गिरोह सक्रिय रहेका कारण नियन्त्रणमा लिन विशेष टोली परिचालन गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए ।

उनका अनुसार प’क्राउ परेका यादवको साथबाट पाँच लाख र चौधरीका साथबाट छ लाख ५० हजार नेपाली रुपैयाँ बरामद भएको छ । दुवै खुट्टाको घुँडा मुनीको भागमा निक्यापमा पाँच सय दरका गड्डीहरू बाँधेर उनीहरु नेपाल प्रवेश गरेको पाइएको एसपी पौडेलले बताए । उनका अनुसार दुवै जनालाई एन्टिजेन परीक्षणपछि सोमबारसाँझ आवश्यक कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाइएको छ ।

एसपी पौडेलले प’क्राउ परेका युवाहरू नेपाल तथा भारत दुवैतर्फ रहेका अवैध हुन्डी कारोबारीका भरिया हुनसक्छन् । अवैध बाटो हुँदै भारतबाट नेपाली रुपैयाँ नेपाल र नेपालबाट भारतीय रुपैयाँ भारत लाने गिरोह नै सक्रिय रहेको पाइएपछि सीमा क्षेत्रमा निगरानी बढाएर कडाई गरिएको जानकारी उनले दिए । भन्सार कार्यालयले कानुनी कारबाहीका लागि बरामद रकम जफत गरेर थप प्रक्रिया अघि बढाउने भएको छ ।

सशस्त्र प्रहरी बल प्रदेश १ का प्रमुख डीआईजी वंशीराज दाहालले नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध गतिविधी एवं आवतजावत नियन्त्रणमा लिन विशेष टोली नै परिचालन गरेका छन् । चोरी–तस्करी, सीमा सुरक्षा एवं अवैध आवतजावत रोक्नका लागि उनले मातहतका सबै युनिटलाई आवश्यक निर्देशन पनि दिएका छन् । डीआईजी दाहालले सबै खालका अवैध गतिविधि रोक्न र त्यसमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन कुनै पनि सम्झौता हुनै नसक्ने स्पष्ट पारेका छन् ।

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…