शंकर पोखरेलको सपथ ग्रहणमा कसरी भयो सेना परिचालन ?

बुटवल । आइतबार राति लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा केही नौलो दृश्य देखियो । प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको कार्यालयमै बोलाएर पोखरेलले शपथ लिँदा त्यहाँ उल्लेख्य संख्यामा सैनिक पोशाक लगाएका मानिसहरु देखिन्थे, जो प्रहरीहरुसँगै विपक्षी सांसदको विरोधलाई रोक्न परिचालित भएका थिए ।

सांसदमाथि बल प्रयोग गराएर प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीको कार्यालयमा पुगेर पोखरेललाई पद तथा गोपनियताको शपथ खुवाए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानमा विभागका सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको थियो ।

तर, सैनिक अधिकारीलाई परिचालन गरिएकोमा चाहिँ धेरैले अनौठो मानेका छन् । प्रदेश प्रमुखलाई सैनिकले घेरेर कार्यालयबाट बाहिर निकालेका थिए । शपथ ग्रहण समारोहमा पनि सैनिकको उपस्थिति उल्लेख्य थियो ।

संकटकालीन अवस्था नआउँदासम्म जिल्ला सुरक्षा समितिले सेना परिचालन गर्नका लागि अनुरोधन गर्दैनन् । मुख्यमन्त्रीको शपथ कार्यक्रममा कुनै औपचारिक निर्णयबिना नै सेनाको प्रयोग गरिएको छ । सैनिक स्रोतका अनुसार क्याप्टेन नेतृत्वको टिमलाई शपथ कार्यक्रममा परिचालन गरिएको थियो ।

राजनीतिक कार्यक्रममा त्यसरी सेनालाई प्रयोग गर्न नमिल्ने बताउँछन् पूर्वउपरथी बिनोज बस्नेत । ‘मुख्यमन्त्री र प्रदेश प्रमुखले नियम अनुसार पाउने सैनिक बाहेक कार्यक्रममा प्रयोग गर्न मिल्दैन’ बस्नेतले रातोपाटीसँग भने, ‘सैनिक परिचालन गर्ने अवस्था आए जिल्ला सुरक्षा समितिले निर्णय गरेर जंगीअड्डालाई अनुरोध गर्नुपर्छ, अन्यथा राष्ट्रिय सुरक्षा परिषदले निर्णय गरेपछि मात्रै सेना परिचालन गर्न सकिन्छ ।’

सैनिक प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेल भने प्रदेश प्रमुख र मुख्यमन्त्रीका अंगरक्षकभन्दा बाहेक अन्य सैन्य अधिकारी सो समारोहमा परिचालित नभएको बताउँछन् ।

‘त्यहाँ अन्य सैनिक कर्मचारी उपस्थित हुनुपर्ने कारण छैन’ सैनिक प्रवक्ता पौडेलले रोतापाटीसँग भने, ‘अंगरक्षक खटिएका थिए, त्यसबाहेक अन्य सैनिक कर्मचारी त्यहाँ छैनन् ।’

आइतबार बिहान पदबाट राजीनामा दिएका पोखरेललाई दिउँसै मुख्यमन्त्रीमा पुन नियुक्त गरिए पनि विपक्षी सांसदहरुको विरोधका कारण राति अबेरसम्म सपथ खान पाएका थिएनन् । यसैबीच, राष्ट्रपति कार्यालयमा पुगेका प्रधानमन्त्री ओलीले सुरक्षाकर्मी परिचालन गरेर भए पनि सपथ ग्रहण गराउन निर्देशन दिएपछि प्रमुख नेपाल प्रहरीका डीआइजी, जिल्ला प्रहरी प्रमुख र सिडियोका साथमा सैन्य पोशाकधारीहरु समेत फिल्डमा खटिएका थिए । प्रदेश प्रमुखलाई सैन्य सुरक्षा घेराका साथ मुख्यमन्त्रीको कार्यालयसम्म लगिएको थियो ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…