भारत बाहेक सबै अन्तराष्ट्रिय उडान बन्द हुने

कोरोना महामारीको दोस्रो लहरमा खेपिरहेको भारतमा हप्ताको दुई दिन उडान हुने गरी सबै आन्तरिक तथा बाह्य उडान बन्द हुने भएका छन्। मन्त्रिपरिषद्को हवाई उडानसम्बन्धी पाँचबुँदे पछिल्लो निर्णयले आन्तरिक र बाह्यतर्फका नियमित उडान वैशाख मसान्तसम्म बन्द गर्ने प्रस्ट पारेको छ। यसअघि केही देशमा बुधबारदेखि बाह्य उडान रोक्ने तयारी रहेको थियो। मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार बाह्य उडान बिहीबार रातिदेखि बन्द हुनेछन्।

अन्य देशसँगको उडान बन्द हुने भनिए पनि गत वर्षदेखि सञ्चालनमा रहेको भारतसँगको उडान भने अझै सातामा दुई दिन दुईतर्फी नै सञ्चालनमा रहनेछ। हाल नेपाल र भारतबीच एयर बबल प्रणालीअनुसार साताभर उडान हुँदै आएको छ। यो अवधिमा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। भारतबाट आउने यात्रुले अनिवार्य १० दिन क्वारेन्टिनमा बस्नुपर्ने सर्त अघि सारिएको छ।

त्यस्तै नेपाल आएका भारतीयलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल प्रहरीको संयुक्त अनुगमन टोलीले क्वारेन्टिनमा बसे न बसेको अनुगमन गरी कोभिड १९ संकट व्यवस्थापन केन्द्रमा दैनिक रूपमा प्रतिवेदन बुझाउन समेत निर्देशन भएको छ।

साथै, कुनै पनि उडानमा पिसिआर पोजेटिभ भएका यात्रुलाई बोर्डिङ पास दिई यात्रा गराएमा सो उडानमा रहेका सबै यात्रुको होटल क्वारेन्टिनको खर्च सम्बन्धित एयरलाइन्सले बेहोर्नुपर्ने समेत सरकारको निर्णयमा उल्लेख छ।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…