राष्ट्रपतिले जारी गरिन् सात अध्यादेश

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले सिफारिस गरेका ७ वटा अध्यादेश जारी गरेकी छन्। भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा विभिनन् सात वटा अध्यादेश जारी गरेकी हुन्।

उनले यौ’न हिं’साविरूद्धका केही ऐन संशोधन, संवैधानिक परिषद सम्बन्धी, फौजदारी कसुर तथा फौजदारी कार्यविधिलगायत अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता

नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते संसदबाट विश्वासको मत लिने निर्णय गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश साहले जानकारी दिए । ‘आज बैठक ढिला सकिएकाले समर्थन फिर्ताको जानकारी पत्र बुधबार संसद् सचिवालयमा दिनेछौं,’ स्थायी कमिटी सदस्य साहले बताए ।

ओलीलाई विश्वासको मत नदिने काँग्रेसको निर्णय

नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गरेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा शीर्ष नेताहरुको बैठकले ओलीलाई विश्वासको मत नदिने र ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको काँग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले रातोपाटीलाई बताए ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधिसभा बैठक बोलाएका छन् । सो बैठकलाई माओवादीले पनि राम्रो उद्देश्यले नबोलाइएको ठहर गरेको छ । मंगलबार पार्टी कार्यालय कोटेश्वरमा बसेको माओवादीको स्थायी समिति बैठकले २७ गतेको प्रतिनिधिसभा बैठकको राजनीतिक आशय र उद्देश्य राम्रो नरहेको निष्कर्ष निकालेको थियो ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…