बिहेको भोज खाँदा तनहुँमा ३५ बिरामी

व्यास नगरपालिका–१४ स्थित छाब्दीमा बिहेभोज खाएर करिब ३५ जना बिरामी परेका छन्। स्थानीयवासी शरणहरि पन्थको घरमा बिहेभोज खाएर फर्केका व्यक्ति बिरामी परेका हुन्। बिरामी परेका व्यक्तिमा पखाला, बान्ता र कसैकसैलाई ज्वरो आउनेलगायतका लक्षण देखिएको बताइएको छ।

शुक्रबार बिहेपश्चात शनिबार भोज कार्यक्रम राखिएकामा त्यस भोजमा गएर खाना खाने ८० प्रतिशत मानिस बिरामी परेको छाब्दीस्थित सहारा हेल्थ केयरका स्वास्थ्यकर्मी शैलेन्द्र हडखलेले बताए। चार जना अलि गम्भीर प्रकृतिको रहेकाले उनीहरुलाई स्लाइन चढाएर उपचार भइरहेको उनले बताए।

यसरी बिरामी भएर गम्भीर रहेका व्यक्तिको सोमबार स्वाब सङ्कलन गरी कोरोना परीक्षण गर्ने गरी नगरपालिकाको स्वास्थ्य शाखामा नामावली पठाइएको उनले बताए। नगरपालिकाका स्वास्थ्य प्रमुख प्रमोद सोतीले यस विषयमा थप जानकारी लिने काम भइरहेको बताए।

 

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…