३५ नम्बर ब्रोकरले सेयर बेचेकै दिन २ लाखसम्म भुक्तानी दिने

काठमाडौं । ३५ नम्बर ब्रोकर कोहिनुर सेक्युरिटिजले अप्ठेरो परेका ग्राहकलाई २ लाख रुपैयाँसम्म सेयर बिक्री गरेकै दिन भुक्तानी दिने भएको छ । कोरोना महामारीका कारण समस्यामा परेको वा बिरामी भएका ग्राहकहरुलाई लक्षित गर्दै कम्पनीले यस्तो योजना ल्याएको हो ।

अहिले सेयर बिक्री गरेको रकम पाउन सामान्यता चारदेखि पाँच दिनसम्म पर्खनु पर्नेहुन्छ । केही ब्रोकर कम्पनीहरुले त महिनौंसम्म पनि भुक्तानी नदिएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी समेत परेको छ ।

धितोपत्र बोर्डले लागू गरेको ‘टी प्लस टू’पश्चात सेयर किनबेच भएको २ दिनभित्रै सेटलमेन्ट गर्नुपर्छ । सेयर बेच्नेले अहिले पनि २ वा तीन दिन भित्रमा भुक्तानी गर्ने गरेका छन् । निषेधाज्ञाका बेला ग्राहकहरुलाई पर्नसक्ने अप्ठेरोलाई सहज बनाउनका लागि यो योजना ल्याएको कोहिनुरका अध्यक्ष भरत रानाभाटले जानकारी दिए ।

‘यो समय भनेको एकले अर्कालाई सहयोग गर्ने समय हो, अप्ठेरोमा परेर सेयर बेच्ने अनि पैसा नआउँदा तनाव हुन्छ’ उनले भने, ‘अब अप्ठेरोमा परेर सेयर बेचेको रकम कहिले आउँला भनेर डराउनु पर्दैन, हामीलाई जानकारी मात्रै गराए तत्कालै खातामा जम्मा गरिदिन्छौं ।’

शेयर बजारमा हरियाली

साताको पहिलो दिन आज आइतवार शेयर बजारमा हरियाली छाएको छ । आइतवार शेयर बजार ५४ अंकले वृद्धि भएर २,६६५.१० मा पुगेर रोकिएको छ । आइतवार ७ अर्व ३६ करोड ८ लाख ५ सय रुपैयाँ बराबरको कारोबार भएको छ भने १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता शेयर किनबेच भएको छ । अ

आइतवार सबैभन्दा बढी अन्य उपसमूह ४.६३ प्रतिशशत,जीवन बीमा उसमूह ३.७४ प्रतिशत,निर्जीवन बीमा उपसमूह ३.४७ प्रतिशत र होटल तथा पर्यटन उपसमूहको ३.३८ प्रमतिशतले कारोबार वृद्धि भएको छ । यस दिन २ सय २६ कम्पनीको ८३ हजार ४०४ पटक कारोबार भएको छ ।

त्यस्तै, यस दिन ३ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस दिन महिला लघुवित्त, विशाल बजार कम्पनी तथा सिंगटी हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको हो ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…