कारुणिक दृश्य : जव जेठाजुको स’व व्यवस्थापनमा बुहारी एक्लै खटिइन

डोजरको बकेटमा चटाई विच्छाइन । त्यसको माथि सेतो कपडा खप्याईन । मलामीहरुले टाढैबाट हेरिरहे । अनि घर भित्र श’व उठाउन गइन । केहीवेरपछि रित्तै फर्कि आइन् ।

म त सक्दिन । एक्लै हुँदै भइन उनि हुन घोराही–१४ की कल्पना । उहाँलाई जेठाजु विष्णुध्वज जिसीको श’व व्यवस्थापन गर्नु थियो । जिसीको आइतवार विहान करीब नौ बजे घरमै नि’धन भएको थियो ।

अकस्मात मृ’त्यू भएको स्थानिय राजकुमार गुप्ता (रज्जु) ले जानकारी दिनुभयो । मृ’त्यू लगतै वडा अध्यक्ष शक्तिराम डाँगीलाई खबर गयो । अध्यक्ष डाँगी घरमै पुग्नुभयो । मृ’तक जिसी घोराही उपमहानगरपालिकाका कर्मचारी हुनुहुन्थ्यो ।

घोराही–१५ का अध्यक्ष रमेशकुमार पाण्डेय, नगरका प्रवक्ता एवं घोराही–१८ का अध्यक्ष भरतमणी अर्याल लागाएतले श’व व्यवस्थापन थाल्नुभयो ।

अध्यक्षहरुका अनुसार नेपाली सेनाको शव व्यवस्थापन टोलिलाई ल्याउन लामै समय जोर जुलुम चल्यो । आफ्नो तर्फबाट अनेक पहल र प्रयास गरे पनि सकिएन ।

अध्यक्ष डाँगीका अनुसार पिसिआर टेष्ट गरी कोरोना पोजेटिभ नभएको शव व्यवस्थापन नेपाली सेनाले गर्दैन भन्यो । अरु कुनै पनि उपाए लागिन । अन्तमा घोराही उपमहानरपालिकाको डोजर ल्याउने अध्यक्षहरुको सहमति भयो ।

त्यस बेलासम्म दिउँसो दुई बजिसकेको थियो । पिपिई लगाएका डोजर चालकले घरको ढोकामै डोजर ल्याए । वकेट कोठातर्फ सोझाईदिए । घर भित्र बाट श’व ल्याउने र त्यसमा बसाल्ने कोही भएन । बुहारी कल्पना एक्लै कस्सिनुभयो । उहाँको उपाए चलेन । दुई तिन पटक उठाउन जानुभयो । एक्ले सम्भवै थिएन ।

बाहिर जमात अलि ठुलै  भइसकेको थियो ।”सडकमा जम्मा भएको समुहबाट एक जना छिमेकीले साहस गर्नुभयो । त्यसपछिमात्रै श’व व्यवस्थापन सम्भव भयो । मृ’तक जिसीको छोरा, श्रीमति सहित पाँच जनाले साँघुरो गल्लीबाट मुश्किलले बाहिर ल्याउनुभयो । श’व बकेटमा हाल्नुभयो ।

प्रयास धेरै गरियो

तरुणदलका टिका घर्तीले प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललगाएत धेरै संग पहल गर्नुभयो । जनप्रतिनिधिहरु र प्रहरीको पनि उपस्थिति थियो तर श’व व्यवस्थापन कार्य निकै जटिल भयो । सर्वसाधारण कालगतिले मरे के हुन्छ ? उपस्थित धेरैले प्रश्न गरिरहेका थिए ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…