नेपालमा हालसम्मकै सर्वाधिक कोरोना संक्रमित- पछिल्लो २४ घन्टामा मात्रै ७२११ संक्रमित

पछिल्लो २४ घण्टामा नेपालमा थप ७ हजार २११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार १४७ पीसीआर परीक्षणमा ७ हजार १३७ जना र ६२३ एन्टिजेन परीक्षणमा ७४ जना गरी एकै दिन ७ हजार २११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

यो संक्रमण नेपालमा हालसम्मकै सर्वाधिक हो। काठमाडौं उपत्यकामा भक्तपुरमा ३०१, ललितपुरमा ५५० र काठमाडौंमा २७४४ जना गरी ३५९५ संक्रमित थपिएका छन्। योसँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३६ हजार ३० पुगेको छ। अहिले देशभर सक्रिय संक्रमितमात्र ४८ हजार ७ सय ११ छन्।

गत २४ घण्टामा एक हजार ६ सय १२ जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको सङ्ख्या दुई लाख ८३ हजार ९ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या तीन हजार ३ सय २५ पुगेको छ।

अक्सिजन अभावमा छटपटाउन थाले कोरोना बिरामी

दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा अक्सिजन अभाव भएको छ। अक्सिजन अभावमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित छटपटाउन थालेका छन् । दुई दिनदेखि अस्पतालमा अक्सिजन अभाव भएको हो।

अक्सिजन आपूर्ति र व्यवस्थापनमा सरकारले समयमै ध्यान नदिँदा आइतबार बिहानदेखि अस्पतालमा स्टक सकिएको छ । बिरामी अक्सिजनको अभावमा बेडमै छटपटाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन अभाव भएपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित छन् ।

४२ बेडको सो अस्पताल दबाबका कारण एक सय बेडको संचालन गर्ने निर्णय शनिबार मात्रै गरिएको थियो । अहिले अस्पतालमा ५८ बेड छन्। अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ। आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन अस्पतालसँग नभएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर ओलीले जानकारी दिए।

‘शनिबारदेखि प्रदेश सरकार जिल्लामा निकायलाई हारगुहार गरेको भएपनि अहिलेसम्म कसैले सुनेको छैन, उनले भने, ‘ अक्सिजनको अभावमा बिरामी बेडमा छटपटाइ रहेका छन् । हामीसँग अहिले अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन । ‘

अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक वलीले बताए ।अक्सिजन अभाव भएपछि अब अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…