शंकर पोखरेलले हस्ताक्षर दुरुपयोग गरेको भन्दै प्रदेश सांसदको आपत्ति

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आफ्नो पुनर्नियुक्तिको लागि हस्ताक्षर दुरुपयोग गरेको केही सांसदले आरोप लगाएका छन् ।
प्रदेशसभा सदस्य धर्म बहादुर लाल श्रीवास्तवले आफूले मुख्यमन्त्री पोखरेललाई समर्थन नगरेको र आफू स्वतन्त्र राजनीतिक समूहमै रहेको रातोपाटीलाई बताए । यस्तै अजय शाहीले पनि आफ्नो समर्थन पोखरेललाई नरहेको रातोपाटीलाई बताए ।

दुबै सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री पोखरेल प्रदेश प्रमुखबाट पुनःनियुक्त भइसकेका छन् । यसैगरी अर्का एमाले सांसद दुगनारायण पाण्डेले एमालेबाट राजीनामा दिएको घोषणा गरेका छन् ।

श्रीवास्तव कपिलवस्तु २ ख बाट विजयी सांसद हुन् भने अर्का सांसद अजय शाही नवलपरासी १ ख बाट विजयी सांसद हुन् । हृदयश त्रिपाठीसँग नजिक रहेका उनीहरु सूर्य चिन्हबाट विजयी भएपनि स्वतन्त्र राजनीतिक समूहका रुपमा चिनिन्छन् । उनीहरुले आफूहरु एमालेकाे सदस्य नरहेकाे दावी गर्दै आएका छन् ।

शंकर पोखरेलले नांगो नाच देखाए-शंकर गिरी

लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सांसद शंकर गिरीले शंकर पोखरेलले विधि, विधान र कानुन मिचेर नाङ्गो नाच देखाएको आरोप लगाएका छन् ।

मुख्य मन्त्रीका रूपमा शंकर पोखरेललाई पुनः नियुक्ति गरिनु संवैधानिक कू समान रहेको उनले बताए। ‘४३ जना सांसद हामी यहाँ बसेका छौं, ३७ सांसदबाटै आफूलाई कसरी मुख्यमन्त्री घोषणा गर्न मिल्छ,’ प्रदेश सांसद गिरीले भने, ‘यो भन्दा नाङ्गो नाच अरू के हुन सक्छ।’

अहिले आफूहरू ४३ जना सांसद प्रदेश प्रमुखको कार्यकक्षमा रहेकोसमेत उनले बताए। ‘हाम्रो यो उपस्थिति देख्दा देख्दै पनि उहाँलाई जवरजस्ती फेरि मुख्यमन्त्रीका रुपमा नियुक्ति दिने हो भने यो भन्दा दूर्भाग्य अरू केही हुन सक्दैन,’ गिरीले भने, ‘नीति नियम विधि विधान केही नमान्ने र देशलाई अराजकता तिर धकेल्ने सूचक हो यो।’

उनले पोखरेलको कदम असंवैधानिक कू भएको आरोप लगाए। ‘हामी ४३ जना मान्नेहरू प्रदेश प्रमुखको कार्यकक्षमा धर्ना दिइरहेका छौं,’ गिरीले भने, ‘३७ जना मान्नेको समर्थन रहेको ब्यक्तिलाई मुख्यमन्त्रीको रुपमा सपथ खुवाउनेभन्दा डरलाग्दो अर्को कुरा राजनीतिमा केही हुन सक्दैन।’

उनले तत्काल हाउस बोलाएर हाउसबाटै अहिलको परिस्थितिको छिनोफानो गरिनुपर्ने बताए। ‘एक छिनमा हाउस रन गर्ने अनि सपथ खाने यो त हिटलरी शैली भयो नि,’ गिरीले भने।

गिरीजस्तै नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने अर्का प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले पनि शंकर पोखरेलको कदम असंवैधानिक र राजनीतिक अराजकताको पराकाष्टा भएको बताए। ‘आफूहरू तुरुन्त सदन बोलाएर त्यहीबाट मुख्य मन्त्रीको टुंगो लाग्नुपर्छ भन्ने पक्षमा छौं’, उनले सेतोपाटीसँग भने।

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…