चीनबाट २० हजार अक्सिजन सिलिन्डर ल्याइँदै, नेपालमा अक्सिजन उत्पादन पर्याप्त, सिलिन्डरको अभाव

काठमाडौं । सरकारले २० हजारथान अक्सिजन सिलिन्डर चीनबाट ल्याउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले केही दिनभित्रै २० हजारथान सिलिन्डर ल्याउन लागिएको बताए । डा. गौतमका अनुसार दुई हजारवटा हवाईमार्ग र १८ हजार स्थलमार्गबाट ल्याउन लागिएको हो ।

नेपालमा अक्सिजन उत्पादन पर्याप्त भए पनि सिलिन्डरको अभावमा अहिले कोभिड–१९ संक्रमितहरुका लागि अक्सिजन अभाव भएको बताइएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले ५० हजार सिलिन्डर बाहिरी मुलुकबाट ल्याउने र त्यसमध्ये तत्काल ‘फास्ट ट्रयाक’ विधिबाट २० हजारथान ल्याउने निर्णय गरेको थियो ।

सोही निर्णयानुसार सिलिन्डर ल्याउने प्रक्रिया प्राथमिकताका साथ अघि बढाइएको उद्योग, वाणिज्य तथा अपूर्ति मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए ।

नेपालमा शनिबारसम्म कोभिड–१९ का सक्रिय संक्रमितको संख्या ४३ हजार ३१३ पुगेको छ । तीमध्ये तीन हजार ११० जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ ।

पछिल्लो समय अस्पताल भर्ना हुनेहरुमा ९० प्रतिशत अक्सिजन सपोर्टमा राख्नुपर्ने संक्रमित रहेको शुक्रराज ट्रपिकल तथा रुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारी बताउँछन् ।

मुलुकभर अहिले २० वटा अक्सिजन उत्पादन उद्योग सञ्चालनमा छन् । तीमध्ये आठवटा काठमाडौं उपत्यकाभित्र सञ्चालित छन् । नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको नेपाल अक्सिजन उत्पादक संघको तथ्यांक छ ।

तर, कोभिड संक्रमितलाई अक्सिजन अपर्याप्त हुने भन्दै स्वास्थ्य मन्त्रालयले अक्सिजन खपत हुने सबै उद्योग केही समय बन्द गर्न आग्रह गरेसँगै अधिकांश त्यस्ता उद्योग अहिले बन्द छन् । यसबाहेक नेपालका २८ वटा अस्पतालसँग आफ्नै अक्सिजन प्लान्ट छ ।

भर्खरै प्रकाशित

शेरबहादुरजीले काँध फेर्ने बेला आयो, सभापतिमा गोपालमान श्रेष्ठको पनि दावी

काठमाडौँ  । कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा नेतृत्व दोर्‍याउने घोषणासहित तयारीमा जुटेका सभापति शेरबहादुर देउवालाई उनकै समूहबाट चुनौती थपिएको छ । उपसभापति बिमलेन्द्र निधिले देउवालाई चुनौती…

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…