जसपाका नयाँ मन्त्री भन्छन्, ‘हाम्रै सल्लाहमा मुख्यमन्त्री पोखरेलले राजीनामा दिनुभएको हो’

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले जनता समाजवादी पार्टी नेपालको सल्लाहमा नै राजीनामा दिएको सो पार्टीबाट मन्त्री बनेकाहरूले दाबी गरेका छन् । मुख्यमन्त्री पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गराउने तयारी भएपछि जसपा नेपालका चारजना सांसद प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्सालले सरकारको समर्थन गर्दै मन्त्रिमण्डलमा सहभागी भएका थिए ।

चारजनाले समर्थन गरेपछि मुख्यमन्त्री पोखरेल आफ्नो सरकार सुरक्षित हुनेमा ढुक्क थिए । तर, बिहीवार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना पार्टीका सांसदलाई कारवाही गरेपछि मुख्यमन्त्री पोखरेल राजीनामा दिने निर्णयमा पुगेको उनीहरुको भनाइ छ ।

राजीनामा दिने मनस्थितिमा पुगेपछि मुख्यमन्त्री पोखरेलले जसपा नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षसँग छलफल गरेको कारवाहीमा परेका प्रदेशसभा सदस्य सन्तोष पाण्डले बताए । उनले भने, ‘मुख्यमन्त्रीज्युले हामीसँग सल्लाह गरेर नै राजीनामा दिनुभएको हो ।’ जसपा नेपालका केही नेता (उपेन्द्र यादव पक्ष) हरुले पार्टीमा मनमोजी गरेको कारणले आफूहरुले नै सल्लाह दिएर राजीनामा दिन लगाएको र अर्को सरकार बनाउन आग्रह गरेको उनले बताए ।

यद्यपि, प्रदेशसभा सदस्य विमला वली माओवादीमा प्रवेश गर्ने भएपछि लुम्बिनीको अंक गणितमा फेरबदल भएको छ ।यता, प्रदेशसभा सदस्य र पार्टीको सदस्यबाट कारवाहीमा परेका सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे लम्साल सर्वोच्च अदालतमा पुगेका छन् । आज नै उनीहरुले रिट दर्ता गराउने छन् ।

रिटमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षका नेता, लुम्बिनी प्रदेशका सभामुख, लुम्बिनी प्रदेशसभाका सचिवालयका सचिवलाई प्रतिपक्षी बनाएका छन् ।

भर्खरै प्रकाशित

कुवेतले खोप लगाएका​लाई अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने

कुवेतले अनुमति दिएको कोरोना विरुद्धको दुवै डोज खोप लगाएका विदेशी नागरिकलाई आउँदो अगस्ट १ गतेदेखि प्रवेश अनुमति दिने भएको छ । कुवेतले फाइजर, बायोएनटेक, मोर्डेना,…

मन्त्रालय र मन्त्रीनिवास छाड्दै मन्त्रीहरू

काठमाडौं । मन्त्रिपरिषद् विस्तारको निर्णयलाई सर्वोच्च अदालतले अवैधानिक भएको ठहर गरेपछि २० मन्त्रालय मन्त्रीविहीन भएका छन् । सर्वोच्चको आदेशपछि पदमुक्त भएका मन्त्रीहरू मन्त्रालय गएका छैनन्…

बाढी पहिरोका कारण मेलम्ची खानेपानी आयोजनामा एक अर्ब बढीको क्षति

काठमाण्डाै । गएकाे हप्ताकाे निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’…

छुवाछुत आरोपी घरबेटीलाई शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले आफै छुटाए, आफ्नै गाडीमा…

काठमाडौँ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले छुवाछुत आरोपी स्वती प्रधानलाईलाइ महानगरीय प्रहरी वृत्त सिंहदरबारमै गएर रिहाइ गराएका छन्। घर भाडामा नदिएकै कारण गिरफ्तार…

प्रकृतिलाई हामीले सम्मान नगरेसम्म प्रकृतिले पनि सम्मान गर्दैन : राजेश…

काठमाडौं । देशका विभिन्न जिल्ला बाढी र पहिरोबाट प्रभावित भएको छ। सिन्धुपाल्चोक र मनाङ जिल्ला यसबाट सबैभन्दा धेरै प्रभावित बनेका छन्। बाढी र पहिरोले घरहरु…