लुम्बिनीका प्रदेश मन्त्री भन्छन्- विमला वली अ’परहणमा पर्नुभयो, प्रहरीलाई उद्धार गर्न भनेका छौं

लुम्बिनी प्रदेशको कामचलाउ सरकारका मन्त्री वैजनाथ चौधरीले प्रदेश सभा सदस्य विमला वली (विमलाकुमारी खत्री) अ’पहरणमा परेको दाबी गरेका छन्। सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री चौधरीले वलीलाई दाङबाट बुटवल आउँदै गर्दा बाटोमा अ’पहरण गरिएको बताए।

‘उहाँ संसदीय दलको बैठकमा सहभागी हुन आउँदै हुनुहुन्थ्यो। बाटो बाटै अ’पहरण गरे। बीच बाटोबाट अर्को गाडीमा चढाएर लगिएको छ’, चौधरीले भने, ‘हामीले सुरक्षा निकायलाई खोज तलास गरी उद्धार गर्न भनेका छौं।’ उनले आफूहरूले वलीलाई पर्खने बताए।

‘उहाँ आएपछि यथार्थ कुरा थाहा हुन्छ’, चौधरीले भने, ‘उहाँलाई सकुशल उद्धार गरेर कुराकानी गर्छौं। अनि त्यसपछि बल्ल कसरी अगाडि बढ्ने टुङ्गो लाग्छ।’

उनले सांसद वलीको फोन अफ रहेको बताए। वली उपनिर्वाचन मार्फत सांसद चुनिइएकी हुन्। उनले विगतमा नेकपा नामबाट निर्वाचन जितेकी थिइन्। वलीले माओवादी केन्द्र रोजेको विज्ञप्ति सार्वजनिक भइसकेको छ।

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…