धरहरा उद्घाटनमा हतारो : ४० प्रतिशत काम अझै बाँकी

काठमाडाैं । बाहिरी आवरण हेर्दा लाग्छ, धरहराको पूरै काम सकियो। टुप्पोमा सुनको गजुर सजिएको छ। २० औं तलामा उपत्यका नियाल्न मिल्ने बार्दली बनेको छ। धरहरा सेतो रङ पोतेर चिरिच्याट्ट पारिएको छ। ठाउँठाउँमा झिलिमिली बत्ती राखिएका छन् ।

तर बाहिरी आवरणमा देखिएझै धरहराको पुनर्निर्माण पूरा सकिएको छैन। बाहिरबाट सिंगो रुप देखिएको धरहराको अझै धेरै काम गर्न बाँकी छ। काम नसकिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ११ गते ‘धरहरा बनिसक्यो’ भनेर उद्घाटन गरेका थिए। तर धरहराको ६० प्रतिशत मात्रै काम सकिएको छ। धरहराको पूरा काम सकिन अझै १ वर्ष पर्खनुपर्छ। कोभिडका कारण काम रोकियो भने अझै बढी समय लाग्नेछ।

प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको काम नसकिँदै उद्घाटन गर्न हतारो गरेपछि ठेकेदार कम्पनीले बाहिरी बनावटको काम मात्रै सकेको थियो। दुईवटा लिफ्ट जडान र बाहिरी रुप तयार पारेपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए। तर २२ तले धरहरामा चढ्ने भर्‍याङ अझै बनिसकेको छैन। ठेकेदार कम्पनीले सिढी बनाउने काम बल्ल सुरु गरेको छ।

प्रधानमन्त्रीलाई उद्घाटन गर्न हतार भएपछि ठेकेदार कम्पनीले काम नसकिँदै लिफ्ट जडान गरेको थियो। २० औं तलासम्म पुग्ने भर्‍याङ (सिढी) बनाउन समय लाग्ने भएपछि लिफ्ट जडान गरिएको थियो। तर राम्रोसँग लिफ्ट नराखिएका कारण फेरि खोेलेर फिटिङ गर्ने कार्य भइरहेको छ।

हतारमा बाहिरी र माथिल्लो तलाको मात्रै काम सकाउँदा अन्य काम गर्न कठिन परेको धरहरा पुनर्निर्माणमा खटिएका कामदार बताउँछन्। उनीहरूले माथिल्लो तलाकै भित्री काम धेरै बाँकी रहेको अवस्थामा उद्घाटन गरिएको बताए। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

 

भर्खरै प्रकाशित

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…