हिजो खोजी खोजी गि’रफ्तारी,आज मनमौज, सलामी र सवारी !

यो तस्बिरमा गण्डकी प्रदेश प्रहरी प्रमुख डिआइजी घनश्याम अर्यालले नयाँ मन्त्री दिपक मनाङ्गेलाई जय नेपालको सलाम हानेकोे देखिन्छ ।

मनाङ्गेलाई काठमाडौं प्रहरीले कुनैबेला व्यापक खोजी गरेको बेला त्यो टोलीमा यिनै अर्यालसमेत थिए । अहिले गण्डकी प्रदेश प्रहरी प्रमुख बनेका उनी मनाङ्गेको खोजी गरिएको बेला काठमाडौं खोजीकर्ता थिए ।’

त्यतिबेलै दिपकले भनेका थिए ‘जसरी हामी गुण्डा प्रहरीसँग डराउँछौं,प्रहरी पनि नेतासँग त्यसैगरी डराउँछन् ।’अब उनी पदीय हिसाबले त्यहि प्रहरीका सबै खाले हाकिमको सलाम खाने स्थानमा पुगेका छन् ।

पटक पटक आफैँले जोखिम मोलेर पक्रिएका गुण्डा नाइकेलाई सलाम गर्नुपर्दा प्रहरी संगठनभित्रको मनोदशा के हुने होला ? हुन तः यसअघि पनि सर्वाधिक खोजी सूचीमा रहेका धेरै जनाले मन्त्री पद पड्काएपछि प्रहरीलाई त्यस्तै बाध्यता आइपरेको थियो । धन्न अहिले संघीय मन्त्रीमण्डलमा नभएर प्रदेशमा उनी सीमित छन् ।

हाननीयदेखि माननीयसम्म

दिपक मनाङे नेपालीहरुले धेरै समयदेखि सुन्दै आएको नाम हो, तर असल कारणले होइन । राजनीतिमा आउनुअघिसम्म उनी ‘गु’ण्डा’नाइके’ का रुपमा परिचित थिए ।

५० को दशकदेखि काठमाडौंको ठमेल केन्द्रित गतिविधिबाट उनी चर्चामा आएका हुन् । ०५०-५१ सालतिर उनी ठमेलका होटल-रेस्टुरेन्टहरुमा ह’प्ता असुली गर्थे । ठमेलका रेस्टुरेन्ट व्यवसायीबाट सलामी उठाउने क्रममा मनाङे पटक–पटक प’क्रा’उ परे र छुटे ।

गुण्डागर्दीसँगै मनाङेले ठेक्कापट्टादेखि मनोरञ्जन क्षेत्रमा विभिन्न व्यवसाय गरेका थिए । जली पव डिस्कोबाट उनी यो क्षेत्रमा छिरेका हुन् । तर, त्यसमा उनले प्रत्यक्ष लगानी नगरी सलामी सेयर लिएका थिए । उनले होटल, डान्सबार र रेस्टुरेन्ट सञ्चालन गरेर राम्रै आम्दानी गरे । केहीलाई रोजगारी पनि दिए ।

संरक्षणको खोजीमा पार्टी चहार्दै

गु’ण्डाग’र्दीका क्र’ममा बारम्बार प’क्रा’उ पर्ने र छुट्ने भएपछि मनाङेले राजनीतिक संरक्षणको खोजी गर्न थाले । त्यसक्रममा उनले अहिलेसम्म उनले चारवटा पार्टी चहा’र्न भ्याइसकेका छन् ।

सुरुमा केही समय उनलाई राप्रपाका पशुपति शम्शेर राणाले ओत दिए । उनी राणाका बडीगार्ड समेत बनेका थिए । तर, राणाबाट साथ पाउन छोडेपछि मनाङे कांग्रेसका किशार सिंह राठौरसँग नजिक भए । राठौरमार्फत उनी तरुण दलका गतिविधिमा सक्रिय हुन थाले । काठमाडौंमै बसेर लामा समय तरुण दल मनाङको सभापति भए ।

२०६३ सालको परिवर्तन पछि लक्ष्मण था’रुले माओवादी छाडेर अलग मोर्चा बनाएसँगै मनाङे उनका पछि लागे । तर, लक्ष्मणसँगको सहकार्य पनि पाँच वर्षभन्दा बढी टिकेन । अन्तमा उनी एमालेको छत्रछायाँमा पुगेका थिए ।

मंसिरमा सम्पन्न प्रदेशको चुनावमा उनले एमालेबाट टिकट पाउन प्रयास गरेका थिए । तर नपाएपछि उनी स्वतन्त्र चुनाव ल’डे र जिते पनि । मनाङ प्रदेश सभा क्षेत्र ख बाट स्वतन्त्र उम्मेदवारका रुपमिा उनी विजयी भएका हुन् । सो क्षेत्रमा उनलाई नेकपा एमालेले समर्थन गरेको थियो ।
मनाङे एक हजार चार सय १० मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी कर्म गुरुङले एक हजार २० मत ल्याएका थिए ।

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…