भोलिदेखि उपत्यकामा थप कडाइ गरिने

काठमाडौं । भोलि (आइतबार) देखि निषेधाज्ञा थप कडाइ गरिने भएको छ । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय सञ्चालन गर्दा सडकमा गाडी र मान्छे बढेकोले आइतबारदेखि जारी निषेधाज्ञामा थप कडाइ गर्ने काठमाडौं जिल्ला प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताए।

शनिबार निषेधाज्ञा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्न सिडिओ पराजुली सडकमा निस्किएका थिए । अनुगमनमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका सुरक्षा अधिकारी, काठमाडौंका मेयर विद्यासुन्दर शाक्यका साथमा पराजुली अनुगमनमा निस्केका हुन्।

निषेधाज्ञाको अनुगमनमा अत्यावश्यक कामबाहेक कोही पनि घरबाहिर ननिस्किन सिडिओ पराजुलीले आग्रह गरेका छन् । उनका अनुसार कसैले अटेरी गरेको पाइए सम्झाउने, बुझाउने, होल्डिङ सेन्टरमा राख्ने र फर्काउने निर्देशन दिइएको छ ।

तर, सम्झाइबुझाइ गर्दा नमाने संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने पराजुलीले बताएका छन्। अनुगमनमा निस्केको टोलीले अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई कम्तीमा १० दिन क्वारेन्टाइन वा होल्डिङ सेन्टरमा राख्ने व्यवस्था गर्नुपर्ने देखिएकाले खाली भवनहरूको खोजी समेत गरेको उनले बताए ।

कोरोना महामारी तीव्र रुपमा फैलिएपछि उपत्यकाका तीन वटै जिल्लामा बिहीबारदेखि निषेधाज्ञा जारी गरिएको थियो। अनुगमनमा निषेधाज्ञा प्रभावकारी रहेको निश्कर्ष निकाल्दै टोलीले आइतबारबाट निषेधाज्ञालाई थप कडा पार्ने अनुगमनको निष्कर्ष निकालेको छ।

साथै, भोलिदेखि थप कडा गर्ने विचार गरेको भन्दै पराजुलीले सरकारी कर्मचारी संख्या कटौती गर्ने र गाडी कम चलाउन लगाउन लागिरहेको जानकारी दिए।

यस्तै टोलीले कोराना संक्रमितको उपचारका लागि थप बेड तयार पार्न अस्पतालहरूको पनि अवलोकन गरेको छ। वीर अस्पतालको पाँच सय शैय्याको नयाँ अस्पताल भवनको अवलोकन गरिएको छ। यस्तै काठमाडौंमा निजी क्षेत्रले चलाएको गोर्खा अस्पतालमा पनि कोभिड वार्ड बनाउनका लागि अवलोकन गरेको सिडिओ पराजुलीले बताए।

अस्पतालहरुमा कोभिडका बिरामीको अत्यधिक चाप परेको र बेड मिलाइदिन भन्दै फोन आउने गरेका कारण बेड थप गर्नका लागि अनुगमन गरेको उनले जानकारी दिए। सामाखुसीमा रहेको राधा स्वामीमा तत्काल कोभिड वार्ड बनाउने योजना पराजुलीले बताए।

त्यहाँ अक्सिजन सहितको ८८ बेड, आइसोलेशन सहितको ९६ बेड तयार भइरहेको छ। यता, क्षेत्रपाटीमा बन्द अवस्थामा रहेको गोर्खा अस्पताललाई पनि महानगरपालिकाको संयोजकत्वमा कोभिड उपचारका लागि सञ्चालनमा ल्याइने राजुलीले जानकारी दिए। यसबारेमा स्वास्थ्य मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए।

भर्खरै प्रकाशित

यस कारण फिलिपिन्स सरकारले यस कारण नष्ट गर्दैछ महँगा कारहरू

फिलिपिनो सरकारले गाडी तस्करहरूलाई चेतावनी दिन २१ वटा लक्जरी कार नष्ट गरेको छ। शुक्रबार सरकारको आदेशमा अनुमानित अमेरिकी १.२ मिलियन डलरको गाडी नष्ट गरिएको अटो…

नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन, पुरानो भन्दा अझ संक्रामक

काठमाडौं । नेपालमा कोरोना संक्रमण फैलाएको डेल्टा भेरियन्ट मा नयाँ म्युटेसन भेटिएको छ । यो डेल्टा भेरियन्टभन्दा अझ संक्रामक मानिने जनस्वास्थ्यविद्हरु बताउँछन् । स्वास्थ्य तथा…

मुस्ताङको काभ्रेभीरमा पहिरोले पुरियो मालवाहक ट्रक

जोमसोम । उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्ड अन्तर्गत मुस्ताङ र म्याग्दीको सिमाना काभ्रेभीर सडकमा आइतबार दिउँसो एक मालवाहक ट्रक पहिरोले पुरिएको छ । मुस्ताङको…

एमालेभित्रका पुर्वमाओवादी : ओलीसँग असन्तुष्टि र समूहमा अन्तरकलह

काठमाडौँ । एकपछि अर्को गरी नाटकीयरूपमा विकसित राजनीतिक घटनाक्रमले एमालेभित्रका ‘माओवादी’ नेताहरू असमञ्‍जसमा परेका छन् । न सन्तोषजनक भूमिका न त भविष्यको स्पष्ट मार्गचित्र, बरु…

दिपक मनाङे प्रचण्ड निवासमा, राजनीतिक घटनाक्रमबारे ‘बृहद् छलफल’

काठमाडौं । गण्डकी प्रदेशका मन्त्री दिपक मनाङेले काठमाडौं आएर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका छन् ।फेसबुकमा भेटघाटको तस्वीर सार्वजनिक गर्दै उनले ‘पछिल्लो राजनीतिक…