भीआइपीमा संक्रमण फैलिदै : झलनाथ नर्भिकमा, रुक्माङ्गद छाउनीमा भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोभिड-१९ संक्रमण भएको छ । पेट दुख्ने समस्या भएपछि परीक्षण गर्दा खनालमा कोरोना संक्रमण पुष्टि भएको उनको सचिवालयले जनाएको छ ।

शुरुम मनमोहन अस्पताल लगिएका खनाललाई शनिवार साँझ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ । त्यस्तै पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई छाउनीस्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ ।

उनी दुई सातादेखि अस्पतालमा उपचाररत रहेको सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए । केही समय भेन्टिलेटरमा राखेर उपचार गरिएका कटवाललाई अहिले सामान्य बेडमा सारिएको छ । श्वासप्रश्वासमा समस्या भएपछि कट्वाललाई अक्सिजन दिइएको छ र स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले जानकारी दिनुभयो।

मुलुकभरका २९ जिल्लामा निषेधाज्ञा, २२ जिल्ला पूर्णरुपमा बन्द

कोरोना नियन्त्रणका लागि भन्दै देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी गर्ने क्रम जारी छ । गृह मन्त्रालयको अहिलेसम्मको विववरण अनुसार शनिबार साँझसम्म मुलुकका ७७ जिल्लामध्ये २२ जिल्ला पूर्णरुपमा र ७ जिल्ला आंशिक रुपमा बन्द गर्ने जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले निर्णय गरिसकेका छन् ।

मन्त्रालयका अनुसार अहिलेसम्म बाँके, सुर्खेत, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, पाल्पा, चितवन, रुपन्देही, सुनसरी र प्यूठान गरेर १५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको छ भने आज शनिबार राति १२ बजेबाट जाजरकोट र गुल्मी गरेर २ जिल्लामा निषेधाज्ञा जारी हुदैँछ । यस्तै भोलि आइतबार बिहान ६ बजेबाट सल्यान, रुकुम पश्चिम, डडेल्धुरा र आइतबार राति ८ बजेदेखि उदयपुर र राति १२ बजेदेखि झापा गरेर थप ५ जिल्लामा निषेधाज्ञा जारी हुने मन्त्रालयका प्रवक्ता सहसचिव जनकराज दाहालले नेपाल प्रेसलाई जानकारी दिए ।

यस्तै बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४ साविक अमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा जारी भइसकेको छ । बर्दियाको गुलरिया नगरपालिकास्थित ५ र ६ नम्बर वडाका सबै क्षेत्र, बाँसगढी नगरपालिकाको बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिकाको जयनगर र कतर्निया बजार क्षेत्र, मधुवन नगरपालिकाको लाली बजार ओराली बजार क्षेत्र, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भूरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार क्षेत्र, बढैयाताल गाउँपालिकाको भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिकाको शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिका वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ को बलाँज बजार क्षेत्र, वडा नम्बर २ को देथला बजार क्षेत्र, वडा नम्बर ३ को कर्कले बजार क्षेत्र, वडा नम्बर ५ को महाकाली लोकमार्गमा पर्ने बजार क्षेत्र र वडा नम्बर ९ को गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाड क्षेत्रमा निषेधाज्ञा जारी भइसकेको छ भने महाकाली नगरपालिकामा भोलि आइतबार बिहान ६ बजेबाट निषेधाज्ञा जारी हुदैँछ ।

यस्तै मोरङको बिराटनगर महानगरपालिका, बुढीगंगा गाउँपालिका, जहँदा गाउँपालिका, कटहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र सुनसरी तथा भातसँग सीमा जोडिएका क्षेत्रमा आज शनिबार राति १२ बजेबाट निषेधाज्ञा जारी हुदैँछ भने गोरखाको भिमसेनथापा गाउँपालिका वडा नम्बर ७ र ८ मा पनि आज शनिबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

काभ्रेपलाञ्चोकको अरनिको राजमार्गको साँगादेखि बनेपा बजार–सदरमुकाम धुलिखेल–पाँचखाल बजार क्षेत्र हुँदै दोलालघाटसम्म सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा तीनदोबाटोदेखि नाला भगवतीस्म्मको सडकको दायाँ–बायाँ ५ सय मिटर, बनेपा–पनौती–खोपासी सडकको ५ सय मिटर दायाँ–बायाँ क्षेत्र विपी राजमार्गको धुलिखेल चोकदेखि काभ्रेभञ्ज्याङ–भकुण्डे हुँदै मंगलटारसम्म सडकको दायाँ–बायाँ २ सय मिटरको क्षेत्र र पाँचखाल नगरपालिकाको जिरोकिलोदेखि कुन्तावेशीसम्म सडकको दायाँ–बायाँ २ सय मिटर क्षेत्रमा भोलि आइतबार राति १२ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ ।

बाजुराको हिमाली गाउँपालिकामा पनि भोलि आइतबार बिहान ५ बजेदेखि निषेधाज्ञा जारी हुदैँछ । गत १३ वैशाखको मन्त्रीपरिषद वैठकले काठमाडौं उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय संक्रमितको संख्या भए प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्नसक्ने निर्णय गरेको थियो । यसैका आधारमा विभिन्न जिल्लाले निषेधाज्ञा जारी गर्दै आएका छन् ।

भर्खरै प्रकाशित

भिक्टोरिया क्रस विजेता तुलबहादुर पुनको नाममा बेलायतमा रेल सेवा शुरू

नरेन्द्र बस्नेत / राताेपाटी लण्डन । भिक्टोरिया क्रस विजेता गोरखा सैनिक तुलबहादुर पुनको नाममा बेलायतमा बुधबारबाट रेल सेवा शुरू गरिएको छ । लन्डनको प्याडिङटन स्टेशनमा…

अदालतले रबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आदेश दिन सक्ने

कानुन व्यवसायीहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो स्पष्ट बहुमत दाबी गर्दै दायर गरेको रिट निवेदनमा सांसदहरू आफैं अदालतमा आई हस्ताक्षर गरेकाले देउवालाई प्रधानमन्त्री बनाउन…

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…