प्रदेश प्रमुख ‘झा’ले चर्को घाममा पैदल हिँडेर मास्क बाँडे

शनिबार जनकपुरधामको बजार क्षेत्रको अवस्था भने अन्य दिनभन्दा फरक थियो। पैदल हिँड्नै नसक्ने चर्को घाममा प्रदेश-२ का प्रदेश प्रमुख राजेश झाले पैदल हिँडेरै जनकपुरधाम बजार क्षेत्रका पसल पसलमा पुगेर व्यापारीहरूलाई मास्क बाँड्दै थिए।

कोरोना माहामारीको दोस्रो लहरको क्रममा जनकपुरधाम लगायतका प्रदेश-२ का सबै जिल्ला प्रभावित रहेको समयमा प्रदेश प्रमुख झाले स्वयम् जनकपुरधाम बजार अनुगमन गर्दै मास्क नलगाएका व्यापारीहरूलाई महामारीबाट बच्न सावधानी अपनाउन आग्रह गर्दै मास्क बाँडेका हुन्।

सरकारले कोरोना संक्रमण तीव्र गतिमा फैलिने विभिन्न जिल्लाको सूचीमा धनुषालाई समेत सूचीकृत गरेको समयमा जोखिम बढ्न नदिन स्थानीयले मास्क लगाए नलगाएको भन्ने बारे अनुगमन गर्नकै लागि प्रदेश प्रमुख झा जनकपुरधाम बजार घुमेको प्रदेश प्रमुख कार्यालयका सचिव ध्रुव गैडेले जानकारी दिए।

सचिव गैडेका अनुसार जनकपुरधामस्थित मिल्स एरियाबाट शिव चोकसम्म पैदल हिँडेरै पसले तथा बजारमा सामान किनमेल गर्न निस्केका बटुवाहरूमध्ये मास्क नलगाएकाहरूलाई प्रदेश प्रमुख झाले मास्क बाँडेका थिए।

कोरोना महामारीबाट प्रदेश-२ मा अतिप्रभावित जिल्लाहरूमध्ये धनुषासमेत एक रहेकाले सबैलाई यस महामारीबाट सचेत रहन र अरुलाई सुरक्षित तुल्याउनका लागि प्रदेश प्रमुख आफैंले मास्क बाँडेको र अरुलाई पनि मास्क लगाउनका लागि अभिप्रेरित गरेको सचिव गैडेको भनाइ थियो

भर्खरै प्रकाशित

भर्खरै मन्त्री भएको सम्मान लिँदालिँदै मन्त्रीपद ‘चट्’ भएपछि

रौतहट । गौर–चन्द्रनिगाहपुर सडकमा मंगलबार दिउँसो गाडीहरू लस्करै पश्चिमतिर हुइँकिए । एकैछिनमा झन्डावाला गाडीको साथै लागेर सयौं गाडीहरू अघिपछि गर्दै सदरमुकामतिर हुत्तिए । झन्डावाला गाडीमा थिए संघीय…

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…