कोरोनाको इन्डियन भेरिएन्ट चीनमा पनि भेटियो

नयाँदिल्ली । पछिल्लो समय तीव्र रुपमा फैलिएको कोरोनाइरसको ‘इन्डियन भेरिएन्ट’ चीनमा पनि फेला परेको बताइएको छ । चिनियाँ अधिकारीहरुले कोरोना भाइरसको बी १६१७ भेरिएन्ट पुष्टि भएको बताएका छन् । यससँगै चीनमा उच्च शतर्कता अपनाइएको छ ।

तर यो भेरिएन्ट हालसम्म अहिलेसम्म कतिजनामा देखियो भन्ने बारे यकिन विवरण आएको छैन । चीनबाट २०१९ मा सुरु भएको कोरोनाभाइरस विभिन्न देशमा नयाँ र घातक रुपमा देखिन थालेको छ । विज्ञहरुका अनुसार विभिन्न ठाउँ र अवस्था अनुसार कोरोनाभाइरसका नयाँ भेरिएन्ट देखिएका हुन् ।

भारतमा भेटिएको नयाँ भेरिएन्टबारे पनि हालसम्म वैज्ञानिकले कुनै ठोस तथ्य फेला पारेका छैनन् ।

चिनियाँ सेन्टर फर डिजीज कन्ट्रोल एन्ड प्रिभेन्शन (सीडीसी) का प्रमुख वु जुनयुले भारतको नयाँ भेरिएन्ट म्युटेट स्ट्रेन चीनमा पनि फेला पर्नु चिन्ताको विषय रहेको प्रतिक्रिया दिए । साथै नयाँ भेरिएन्टले फेरि महामारीको चेतावनी दिएको भन्दै सबै सचेत रहन उनले आग्रह समेत गरेका छन् ।

भर्खरै प्रकाशित

रेम्डिसिभिर तोकेको मूल्यभन्दा सस्तोमा दिएपछि तस्करहरूको दवावमा औषधि बिक्रीमा रोक

घोराही । दाङ जिल्लामा मिलेनियम फर्मास्युटिकल र कालिका मेडिकल हलले कोरोना संक्रमितको उपचारमा प्रभावकारी मानिएको रेम्डिसिभिर औषधि सस्तोमा दिएको भन्दै विक्री वितरणमा औषधि व्यवस्था विभागको…

जसपाका चार सांसदलाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले लुम्बिनी प्रदेशसभाका तत्कालीन चार सदस्यलाई कारवाही गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न आदेश जारी गरेको छ । न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले…

एउटै दुलहीलाई लिन २ दुलाहा पुगेपछि हंगामा, एक प्रेमी अर्का…

भारतको उत्तर प्रदेशमा रहेको कन्नौजमा चलिरहेको एक विवाह समारोहमा दुलही लिन एकैपटक दुईजना दुलाहा पुगेपछि हंगामा मच्चिएको छ । ती दुईमध्ये एक दुलहीका प्रेमी थिए…

दाङको कोरोना विशेष अस्पताल : जहाँ तन्नेरीहरुले मात्रै धानेका छन्…

द्रोण वली उमेरले ३१ वर्ष पुग्नुभयो । अहिले कोरोना विशेष अस्पतालको व्यवस्थापनमा खटिरहनुभएको छ । कहिले अक्सिजन व्यवस्थापन, कहिले संक्रमित भर्ना, कहिले त्यहा आउने आफन्तिहरुका…

अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता : अक्सिजन प्लान्ट भनेर ४९…

सल्यान । जिल्ला अस्पताल सल्यानमा जडान गरिएको अक्सिजन प्लान्ट खरिदमा व्यापक अनियमितता भएको खुलासा भएको छ । शनिबार अस्पतालमा अक्सिजन प्लान्ट भनेर कन्सन्ट्रेटर जडान भएपछि…