कोरोना अस्पताल बेलझुण्डीमा बेड थपियो, पालिकामा तयारी तीव्र

तुलसीपुर उपमहानगरपालिका–१७ बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा बेड थपिएको छ । अस्पतालमा यस अघि पाँच वटा आइसियु र एचडियु गरी ३५ बेड थिए ।

विरामीको चापलाई मध्यनजर गर्दै आज शनिवारबाट आइसियु बेड दश वटा, एचडियु ५० वटा र साधारण बेड ४० गरी अस्पतालमा वेड संख्या एक सय पुर्याइएको हो ।

तर अक्सिजन पर्याप्त नहुँदा ५५ वटा बेड मात्रै सञ्चालनमा ल्याइएको छ । अस्पताल व्यवस्थापन पक्षले दिएको जानकारी अनुसार शनिबार नै थप जनशक्ति थप्ने तयारी गरिएको छ ।

यस अघि ३५ वटा बेड मात्रै हुँदा बिरामीलाई अस्पतालको वरण्डामै राखेर उपचार गरिएको थियो । नेपाल संस्कृत विश्वविद्यालय उपकुलपति कार्यालयका सहप्रशासक तथा अस्पताल व्यवस्थापन सदस्य सचिव विनयकुमार पोखरेलका अनुसार लुम्बिनी प्रदेश

मुख्यमन्त्री कार्यालय, जिल्ला प्रशासन कार्यालय दाङ, पालिकाका जनप्रतिनिधि, नागरिक समाजको विशेष आग्रहमा विश्वविद्यालयले माथिल्लो फ्लोर समेत अस्पताललाई उपयोग गर्न दिएको हो ।

कोरोना संक्रमण घटेपछि विश्वविद्यालयले तल्लो फ्लोर मात्रै अस्पताललाई उपयोग गर्न दिएको थियो । माथिल्लो फ्लोरमा विश्वविद्यालयले विद्यार्थीहरुलाई अध्यापन गराउदै आएको थियो । हाल कोरोना विशेष अस्पतालमा ४८ जना उपचाररत छन् ।

यसैगरी तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुर ८ अश्वारामा ५० बेडको अक्सिजन सहितको आइशोलेशन निर्माण गरिएको छ । नगरप्रमुख घनश्याम पाण्डेका अनुसार आइतबारबाटै आइसोलेशन सञ्चालनमा ल्याइनेछ ।

बबई गाउँपालिकाले लुम्बिनी प्रदेश सरकारले निर्माण गरेको हापुरे प्राथमिक अस्पतालमा अक्सिजनसहितको तीस बेडको आइशोलेशन केन्द्र सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखाको जनशक्ति परिचालन गरि सोमबारबाट अस्पतालको सेवा शुरु गर्न थालिएको गाउँपालिकाले जनाएको छ ।

दगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरीका अनुसार श्रीगाउँ स्वास्थ्य केन्द्रमा दश बेडको आइशोलेशन केन्द्र निर्माण गरिएको छ ।

आइशोलेशनमा दुई जना कोरोना सङ्क्रमित उपचाररत छन् । अध्यक्ष चौधरीका अनुसार बेड थप गर्ने तयारी गरेपनि अक्सिजनको अभावका कारण समस्या देखिएको छ । साभार : नयाँयुगबोधबाट 

भर्खरै प्रकाशित

कर्णाली सरकारले पत्रकारलाई क्यामेरा र ल्यापटप किन्न ५० प्रतिशत अनुदान…

सुर्खेत । कर्णाली सरकारले प्रदेशमा क्रियाशील पत्रकारलाई क्यामेरा तथा ल्यापटप खरिदका लागि ५० प्रतिशत अनुदान दिने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आर्थिक वर्ष २०७८/०७९…

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…