प्रहरीको मिलेमतोमा लकडाउनमा पनि खोला उत्खनन्

दाङ । प्रहरीको मिलेमतोमा दाङमा लकडाउनमा पनि नदीजन्य पदार्थको उत्खनन् भइरहेको छ । लुम्बिनी/जलजला कन्ट्रक्सनले लकडाउनको अवज्ञा गर्दै भमके खोला र पातुखोला दोभानमा नदीजन्य पदार्थको दोहन गरेको हो । दंगिशरण गाउँपालिकाले वैशाख १२ गतेदेखि लागू हुनेगरी २ हजार घनमिटर ग्राभेल उत्खनन् गर्न अनुमति दिएको थियो ।

१७ गतेदेखि लकडाउन भएपछि गाउँपालिकाले उत्खनन् रोक्न निर्माण कम्पनीलाई भनेको थियोे । तर,निर्माण कम्पनीले प्रहरीको संरक्षणमा लकडाउन उलंघनगरी धमाधम ग्राभेल ओसारपसार गरिरहेको छ ।

गाउँपालिका प्रमुख भागिराम चाैधरीले लकडाउनमा काम रोक्न भनेको नेपाल प्रेसलाई बताए । लकडाउन उलंघनगरि ग्राभेल उत्खनन् भइरहेको बारेमा प्रहरी बेखबर भने छैन ।

इप्रका तुलसीपुरका प्रमुख डीएसपी शिव सिंहले सिडोओ कार्यालयबाट निर्देशन नआएकाले लकडाउन उलंघन गर्नेलाई कारबाही गर्न नसकिएको बताए । दाङ प्रहरी प्रमुख एसपी गणेश चन्दले लकडाउनमा खोला उत्खनन् गर्न नपाइने बताए ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पाैडेलले लकडाउनमा खोला उत्खनन् नपाइने भन्दै तत्काल रोक्न निर्देशन दिने बताए । प्रहरी र प्रशासनका अधिकारीले लकडाउनमा खोला उत्खनन् रोक्ने बताए पनि पातु र भमके खोला दोभानमा काम धमाधम भइरहेको छ ।

जिप्रकाबाट खटिएका सादा पोशाकका प्रहरीले दिनभरि उत्खनन् स्थलमा ड्युटी गर्ने गरेका छन् । जसकाकारण लकडाउन उलंघनगरी उत्खनन् गर्नेहरूको मनोबल बढेको छ । प्रहरीका हाकिमसँगको सेटिङका कारण लकडाउनमा पनि निर्वाध काम भइरहेको एक प्रहरी अधिकारीले नेपाल प्रेसलाई बताएका छन् ।

 

भर्खरै प्रकाशित

गलत बाटो अंगाल्दाको परिणाम भोग्दैछौं : नेता नेपाल

काठमाडौँ  । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपालले राजनीतिक रूपमा गलत बाटो अंगाल्दाको परिणाम सबैले भोगिरहेको बताएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको…

प्रधानमन्त्री ओलीको प्रतिक्रिया : अदालतले दुःख दियो, चारजना मन्त्रीले कसरी…

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको आदेशप्रति आक्रोश व्यक्त गरेका छन् । सरकारले केही राम्रो काम गर्न खोज्दा अदालतले दुःख दिने गरेको प्रधानमन्त्रीको आरोप छ…

झन्डा छोपेर मन्त्रीहरू बालुवाटारमा

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समय गरेको मन्त्रिपरिषद् विस्तार खारेज गरेर २० मन्त्रीलाई पदमुक्त गर्न अन्तरिम आदेश दिएपछि मन्त्रीहरू झन्डा छोपेर बालुवाटार पुगेका…

महेश बस्नेतले भने– प्रचण्डको भविष्यवाणी मिल्यो, सर्वोच्चको फैसला सेटिङमा !

नेकपा एमालेका नेता महेश बस्नेतले सर्वोच्च अदालतले २० मन्त्री पदमुक्त गर्ने फैसलाप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार सामाजिक सञ्जालबाट आफ्ना भनाई सार्वजनिक गर्दै बस्नेतले माओवादी…

निशा घिमिरेको स्वास्थ्यमा धेरै सुधार : ह्विल चेयरमा बस्न सक्ने…

काठमाडौं । उपचाररत मोडल निशा घिमिरेको स्वास्थ्यमा सुधार आएको छ । नर्भिक अस्पतालले विज्ञप्ति जारी गर्दै अवस्थामा सुधार आइरहेको जानकारी दिएको हो । अस्पतालले मंगलबार…