८० रुपैयाँको हर्रो बेच्दा ९ वर्षीय बालकलाई १५ रुपैयाँ कर

संखुवासभा । पाँचखपन नगरपालिका–३ माक्सुवाका ९ वर्षीय भुवन कार्कीले ८० रुपैयाँको हर्रो बेच्दा १५ रुपैयाँ कर तिरे । सदरमुकाम खाँदबारीमा लाग्ने शनिबारे हाटमा कार्कीले कापीकलम किन्न घर छेवैमा फलेको हर्रो बजारमा बेच्न ल्याएका थिए ।

उनले गत शनिबार ७ दाना हर्रोको १० रुपैयाँ लिँदै बिक्री गरे । ३ घण्टामा ८० रुपैयाँको हर्रो त बेचे तर १५ रुपैयाँ भने हाट करबापत तिरे । खाँदबारी नगरपालिकाले टुँडिखेलमा लाग्ने साप्ताहिक बजारका लागि हाट कर निर्धारण गरेअनुसार ठेकेदारले कार्कीसँग १५ रुपैयाँ कर उठाएका हुन् ।

शनिबारे हाटबजारमा जति रुपैयाँ बिक्री गरे पनि १५ रुपैयाँ ठेकेदारले सरसफाइका नाममा करबापत उठाउँदै आएका छन् । हर्रो बेच्ने कार्की पाँचखपनस्थित देवकोटा आधारभूत विद्यालयको कक्षा ३ मा अध्ययनरत छन् ।

कोरोना संक्रमण बढेपछि स्थानीय स्तरमा पाइने हर्रोको बिक्री बढेको छ । शनिबारे हाटमा हर्रो राखेर बसेका उनको हातमा खाँदबारी नगरपालिकालाई तिरेको हाट करको बिल पनि थियो ।

पढ्दै, घरको काम गर्दै बाँकी रहेको समय उनले जंगलमा गएर हर्रो बटुलेर बेच्ने गरेको बताए । कार्की माक्सुवाबाट कम्तीमा ४ घण्टा हिँडेर सदरमुकाम खाँदबारीको शनिबारे हाट आइपुग्छन् । हर्रो, बर्रो, अमला बेचेर कमाएको पैसाले उनी कापी, कलम, चप्पल किन्ने गरेको बताउँछन् । कहिलेकाहीँ बिक्री नहुँदा पनि उनले १५ रुपैयाँ हाटकर भने तिर्नैपर्छ ।

३ दाजुभाइसहित उनको परिवारमा ५ जना छन् । उनका बुबा मेखबहादुरले छोरा शुक्रबार विद्यालयबाट आएर जंगल जाने र कन्दमुल खोजेर साँझ घर फर्किन्छन् । ‘मजदुरी गरेर ल्याएको कमाइले घरमा छाक टार्न र व्यवहार धान्न नै मुस्किल हुन्छ,’ उनले भने, ‘एक पाथीको बीउ लाग्ने जग्गा जमिन छ, त्यसबाट उब्जिएको अन्नले ३ महिना खानलाई पनि पुग्दैन ।’

कर उठाए पनि हाटबजारको नियमित सरसफाइ र बजार व्यवस्थित भने हुन सकेको छैन । कर तिर्नु दायित्व भए पनि करको दर स्पष्ट नभएको अधिकारकर्मी रूद्रनाथ दाहालले बताए ।

भर्खरै प्रकाशित

खोपको राजनीति डरलाग्दो, अमेरिकाको पछि लाग्दा भारतलाई पीर

भारतको सेरम रिसर्च सेन्टरले लाखौं अमेरिकी डलर बैना बुझेर पनि नेपाललाई १० लाख डोज कोभिसिल्ड महिनौं बितिसक्दा दिएको छैन । खोप उत्पादन कम भएको कारण…

भारतमा साधु ‘बाबा’ को अवतारमा पूर्वप्रधानन्यायाधीश दामोदर शर्मा !

काठमाडौं । यो तस्बिर कस्को होला ? झट्ट हेर्दा यो तस्बिर पशुपतिको कुनै सन्यासी/जोगीको जस्तो लाग्छ । तर, होइन यो फोटो अहिले सामाजिक सञ्जालमा भाइरल…

मेलम्ची : जब पाँच गोदाम खाद्यान्नका मालिक भोकै भए…

मेलम्ची । मेलम्ची बजारको उत्तरी छेउमा अवस्थित एक खाद्यान्न पसलको भुइँमा बीस प्याकेट तोरीको तेल सुकाइएको छ । छेउमा ६१ वर्षीय ज्ञानेन्द्र श्रेष्ठ झोक्राएर बसिरहेका…

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…