अमेरिकाले लगायो भारतलाई यात्रा प्रतिबन्ध, आफ्ना नागरिकलाई भारत छाड्न आग्रह

अमेरिकाले भारतबाट अमेरिका आउने सबै प्रकारको यात्रा प्रतिबन्ध लगाउने भएको छ। अमेरिकी राष्ट्रपति जो वाइडेनको प्रशासनले आगामी मे ४ मंगलबारदेखि लागू हुने गरी १४ दिनसम्म भारत र भारतभूमिबाट हुने अमेरिकी यात्रा रोक्ने निणर्य गरेको हो।

विभिन्न अमेरिकी संचारमाध्यमका अनुसार, भारतमा कोरोना भाइरसको संक्रमण दर अतिउच्च भएको र कोरोना भाइरस भेरिएन्टको संक्रमण पनि उच्च दरमै रहेको कारण भारतबाट अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निणर्य गरिएको हो।

यसैबीच अमेरिकाले भारतमा कोरोनाको महामारी खराब बन्दै गर्दा त्यहाँ रहेका आफ्ना नागरिकहरुलाई यथाशीघ्र मुलुक छाड्न सुझाव दिएको छ।

चौथो स्तरको ट्राभल एड्भाइजरी जारी गर्दै अमेरिकाले आफ्ना नागरिकलाई भारतको यात्रा नगर्न चेतावनी दिएकोमा सुरक्षित तरिकाले भारत छाड्न सुझाव दिएको छ।

अहिले भारत र अमेरिकाबीच १४ वटा सिधा उडानहरु रहेका छन् । अन्य केही उडानहरु युरोप ट्रान्जिट भएर अमेरिका आवतजावत गर्छन्। भारत छाड्न चाहने अमेरिकनहरुलाई ब्यापारिक उडान प्रयोग गर्न अमेरिकी विदेश मन्त्रालयले सुझाव दिएको छ।

गत साता अमेरिकी विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत मुलुकमा यात्रा नगर्न चेतावनीका साथ ट्राभल एड्भाइजरी जारी गर्दै नेपालमा यात्रा गर्नका लागि पुनर्विचार गर्नुपर्ने श्रेणीमा राखेको थियो ।

भर्खरै प्रकाशित

१५९ बोरा अवैध धानको बिउ खाल्डोमा पुरेर नष्ट

गत जेठमा चितवन र नवलपुरबाट नियन्त्रणमा लिइएको ५ हजार ६ सय ९५ किलो अवैध धानको बिउ आइतबार खाल्डोमा पुरेर नष्ट गरिएको छ। कृषि ज्ञान केन्द्र…

उपत्यकामा निजी गाडी चलाउन दिने तयारी, साँझ ५ बजे सिडिओको…

काठमाडौं । उपत्यकामा निषेधाज्ञा थप गर्दा निजी सवारी साधनलाई सञ्चालन गर्न दिने प्रशासनले तयारी गरेको छ । जोर–विजोर प्रणालीमा चल्न दिने वा अरु नियम लगाउने…

थर थाहा पाएर कोठा नदिने घरबेटी प’क्राउ

थरका कारण तनहुँकी २४ वर्षीय रूपा सुनारलाई कोठा नदिने घरबेटी प’क्राउ परेकी छन्। काठमाडौंको बबरमहलस्थित प्रधान थरकी महिलालाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले प’क्राउ गरेको महानगरीय…

कहिलै नछुट्टिने भनेर १२३ दिनसम्म सँगै हतकडी लगाएका जोडीले टिभीमै…

आखिर सम्बन्ध बिग्रिसकेको छ र मन टुटिसकेको छ भने जति बल गर्दा पनि विवाह बन्धन टिक्न सक्दो रहेनछ । युक्रेनमा एक जोडीको हकमा यस्तै भएको…

चीनले थुनिएको पानी तर्काएपछि दोलखामा तत्कालको जोखिम टर्‍यो

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बतमा भारी वर्षापछि आएको पहिरोका कारण थुनिएको नदीलाई चिनियाँ पक्षले नै बिस्तारै खोलिदिएपछि तामाकोशीको तटीय क्षेत्रमा तत्कालको जोखिम टरेको जिल्ला…