होम आइसोलेसनमा बस्नु भएका कोरोना संक्रमितहरुलाई अनुरोध

  • डा. रबिन्द्र पाण्डे 

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला।  ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो। १०० पुग्यो भने पारासिटामोल खानुहोला।  शरीर दुखेमा वा टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ।

२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला। यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला।  यसलाई प्रोन पोजिसन भनिन्छ।  पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला। यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |

३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला।  आवस्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ।

४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला।  यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ।  तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला। छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ।  कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ।

५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला।  अक्सिजनले रोग निको गर्दैन।  चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ।  अक्सिजन उपचार हैन।  धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ।

६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ।  तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला। अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ।

७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एवं स्वास्थ्य नष्ट नगर्नुहोला। प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन।  यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ।  मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला।

८. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला।  यसपटकको प्रजाति निकै संक्रामक छ। घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला। पानीको बाफ लिंदा आराम हुन्छ।

९. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ : ‘कोल्ड ड्रिंक्स’ जस्ता पेय पदार्थ  सेवन नगर्नुहोला । हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला। आफ्नो मानसिक अवस्थालाई सुदृढ एवं सबल राखुहोला। नआत्तिनुहोला।

१०.  दिनमा १ -२ पटक मात्र समाचार हेर्नुहोला।  सामाजिक संजाल नहेर्नुहोला।  अनधिकृत समाचारले तनाव बढाउँछ। गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला।  उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला। डा. रबिन्द्र पाण्डेको फेसबुक वालबाट साभार 

भर्खरै प्रकाशित

अदालतले दियो ओली सरकारलाई अर्को झट्का : चुरेको गिट्टी, बालुवा…

चुरे क्षेत्रको ढुंगा, गिट्टी र बालुवा बेच्ने निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ । सो रिटबारे सुनुवाइपछि संवैधानिक इजलासले अन्तरिम आदेश…

गंगामा तैरिरहेको बाकसभित्र भेटिइन् २१ दिनकी बच्ची, बाहिर निकाल्ने आँट…

भारतीय राज्य उत्तर प्रदेशको गाजिपुरस्थित ददरीघाटमा गत सोमबार बिहान गंगा नदीमा एउटा प्लाइउडको बाकस बग्दै-बग्दै आइरहेको थियो। सोमबार गंगामा स्नान गर्न गएकाहरूले बाकसबाट बच्चा रोइरहेको…

मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान…

काठमाडौं । मल्टिपल इन्ट्री भिसा भएका नेपालीहरु खोप लगाउनकै लागि अमेरिका जान थालेका छन् । अमेरिकाले विदेशी पर्यटकका लागि पनि सजिलै कोरोनाविरुद्धको खोप दिन थालेपछि…

रोनाल्डो र मेसी भन्दा दशौँ गुणा सम्पति, यी हुन् विश्वकै…

विश्वका धनाढ्य फुटबलको को होलान् ?  धेरैलाई मेसी, रोनाल्डो वा नेइमार भन्ने लाग्ला । तर, विश्वका धनाढ्य फुटबल युरोप वा दक्षिण अमेरिका नभएर एशियाका हुन्…

अनेरास्ववियुको राहत वितरणमा माओवादीले हस्तक्षेप गरेपछि

काठमाडौं । मेलम्चीमा राहत वितरणको विषयमा एमाले र माओवादी केन्द्र निकट विद्यार्थी संगठनबीच झ’डप भएको छ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले राहत वितरण…