सरकारी निकायबाटै निषेधाज्ञाको अवज्ञा-१५६ जनालाई एकै ठाँउमा राखेर तालिम

वीरगन्ज । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले पर्सा जिल्लामा वैशाख १६ देखि वैशाख २२ गतेसम्म निषेधाज्ञा लगाएको छ।

निषेधाज्ञाकै अवज्ञा गरेर वीरगन्जस्थित जिल्ला जनगणना कार्यालय पर्साले १ सय ५६ गणक सहभागी गराएर तालिम सन्चालन गरेको घटना बाहिर आएको छ।

निषेधाज्ञा लागेकै बेला १ सय ५६ जनालाइ सहभागी गराएर तालिम सन्चालन गरेको खबर प्रमुख जिल्ला अधिकारी समक्ष पुगेपछि शुक्रबार उक्त तालिम स्थगन गरिएको छ।

वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ इनटरनेशनल कलेजमा जिल्ला जनगणना कार्यालयले बिहीबार निषेधाज्ञा लगाइएको दिनदेखि वैशाख २२ गते सम्मका लागि १ सय ५६ जना गणक सहभागी गराएर तालिम सन्चालन गरेको थियो।

स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाकै बेलामा सरकारकै निकाय जनगणना कार्यालय पर्साले त्यसको अवज्ञा गरेर १५६ जनालाई एकै ठाउँमा भेला गराएर तालिम सन्चालन गरेको हो।

यो थाहा पाएपछि शुक्रबार तालिम स्थलमा पुगेका सन्चारकर्मीको टोलीले प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाइ खबर गरेपछि प्रमुख जिल्ला अधिकारी घिमिरेको निर्देशनमा प्रहरीले हस्तक्षेप गरेर उक्त तालिम स्थगित गराएको हो।

तालिममा सहभागी हुन पर्साको सुदूरपश्चिम ठोरी देखि १४ वटै पालिकाका महिला र पुरुष, निषेधाज्ञाका बेला पनि जोखिम मोलेर आएका थिए।

गणकमा छनोट भएकालाई तालिममा सहभागी हुन नआएमा करार नियुक्ति नै बदर गरी दिने लिखित चेतावनी जिल्ला जनणना कार्यालय पर्साका सहायक जिल्ला जनगणना अधिकारी बलराम खड्काले दिएका थिए। त्यही चेतावनीका कारण आफूहरु बाध्य भएर तालिममा सहभागी हुन आएको सहभागिको भनाइ छ।

जिल्ला जनगणना कार्यालय पर्साका प्रमुख केशव ज्ञवालीले भने गृह मन्त्रालयको आदेशमा आफूले तालिम संचालन गरेको जिकिर गर्दै आफूले तालिम नरोक्ने अडान लिएका थिए।

त्यसपछि संचारकर्मीले प्रमुख जिल्ला अधिकारीलाई फोन गरेपछि प्रजिअको निर्देशनमा आएको प्रहरीले तालिम स्थगित गराएको सन्चारकर्मी ध्रुब साहले जानकारी दिए।

 

भर्खरै प्रकाशित

फागुनमा सकिँदैछ मेयर शाक्यको पाँचवर्षे कार्यकाल, कहाँ पुग्यो नगरवासीले चढ्ने…

आजभन्दा चार वर्षअघि काठमाडौं महानगरपालिकाको मेयरमा चुनाव लड्दै गर्दा विद्यासुन्दर शाक्यले आफ्नो कार्यकालमा काठमाडौंमा मेट्रो रेल र मोनो रेल कुदाउने प्रतिवद्धता जनाएका थिए । मेयर…

फेरि बढ्यो इन्धनको मुल्य, अब पेट्रोल प्रतिलिटर १२७

काठमाडौं : नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। बुधबार राति १२ बजेपछि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको प्रवक्ता विनितमणि उपाध्यायले जानकारी…

विश्वप्रकाशको प्रश्न : मन्त्रीले नै जातीय विभेदको पक्षपोषण गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारका मन्त्रीहरूले नै जातीय विभेदको पक्षपोषण हुने गरी सन्देश दिएको टिप्पणी गरेका छन्। रूपा सुनारलाई दलित भएकै कारण…

यी हुन् स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले १९ दिनमा गरेको चार वटा…

काठमाडौं । पूर्वमन्त्री शेरबहादुर तामाङले आफूले स्वास्थ्य मन्त्रालय सम्हालेपछि गरेका काम सार्वजनिक गरेका छन् । बुधबार फेसबुकमार्फत मन्त्री तामाङले १९ दिनमा गरेको चार वटा कामको…

यूएईले अनुमति दिएका यी दुई खोप लगाएपछि मात्र प्रवेश अनुमति…

काठमाण्डौ । गएको वैशाख पाँच गते यूएईबाट बिदामा नेपाल फर्कनुभएका मोरङ बेलबारीका रमेशप्रसाद भट्टराईलाई कम्पनीले दिएको बिदा सकियो । ६५ दिनको बिदामा आउनुभएका उहाँ अवस्था…