सबैखाले क्रिकेट गतिविधि बन्द गर्ने क्यानको निर्णय, नामिबियासँगको सिरिज पनि स्थगित

१७ वैशाख, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले कोभिड-१९ बढ्दो असरका कारण सम्पूर्ण क्रिकेट गतिविधि अनिश्चित समयसम्मको लागि स्थगित गरेको छ ।

क्यानले शुक्रबार एक सूचना जारी गर्दै कोराना भाइरसलाई मध्यनजर गर्दै कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म सम्पूर्ण क्रिकेट गतिविधि बन्द गर्ने निर्णय गरेको जनाएको छ ।

क्यानले राष्ट्रिय प्रतियोगिता, जिल्ला छनोट, प्रादेशिक प्रतियोगिता तथा विभिन्न देशसँग तय भएको सिरिजहरु तत्कालका लागि स्थगित गरिएको जनाएको छ ।

‘कोभिड १९ को वर्तमान अवस्थामा सुधार नआएसम्म र संघबाट अर्को सूचना जारी नभएसम्म संघबाट प्रस्तावित राष्ट्रिय प्रतियोगिताहरु लगायत जिल्ला छनोट एवमं प्रादेशिक प्रतियोगिता तथा विभिन्न राष्ट्रहरुसँग हुने भनिएको द्विपक्षीय एवंम त्रिपक्षीय सिरिजहरु तत्कालका लागि स्थगित गरिएको व्यहोरा जानकारी गराउँदै सोही अनुसार जिल्ला एवंम प्रादेशिक संघहरुले क्रिकेट खेलका सम्पूर्ण गतिविधिहरु संघबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गर्न यसै सूचनामाफत जानकारी गराइन्छ ।’ क्यानको विज्ञप्तिमा भनिएको छ ।

यसका साथै नेपालले मे महिनामा नामिबियासँग खेल्‍ने एकदिवसीय सिरिज पनि स्थगित भएको छ ।

यस्तै क्यानले आइसीसीको प्रावधान अनुसार नेपाल क्रिकेट संघ लगायत विभिन्न क्लब, एकेडेमी एवंम संघसंस्थाहरुबाट आयोजना गरिने क्रिकेट प्रतियोगाहरुको कार्यविधि निर्माण गर्न लागिएको समेत जनाएको छ ।

साथै सो सम्बन्धि कार्यविधि निर्माण भइ लागू नभएसम्म अन्य क्लब एकेडेमी एवम् संघसंस्थाहरुले आयोजना गर्ने प्रतियोगीताहरुमा जिल्ला एवंम प्रादेशिक क्रिकेट संघहरुले स्वामित्व एवंम आवद्धता नजनाउन समेत क्यानले सूचना मार्फत जनाएको छ ।

भर्खरै प्रकाशित

प्रशिक्षक अब्दुल्लाहको आरोपपछि एन्फा उपाध्यक्ष नेम्वाङले यस्तो भने

सामाजिक सञ्जालमा फुटबलका मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले राजीनामाको घोषणा गरे पनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले आधिकारि रूपमा नआएको जनाएको छ। उपाध्यक्ष पंकजविक्रम नेम्वाङका कारण…

माधवकुमार नेपाललाई बराबरी अधिकारसहित दोस्रो अध्यक्ष

नेकपा एमालेभित्र आन्तरिक विवाद समाधान गर्न दबाब बढिरहेका बेला माधवकुमार नेपाल पक्षका नेताले समान अधिकारसहित सम्मानजनक एकता आवश्यक रहेको बताएका छन्। नेता नेपालले रायसुझावका लागि…

राज कुन्द्राको बचाउ गर्दै शिल्पाको बयान–‘उनले पो’र्न होइन इराटिक फिल्म…

पो’र्न फिल्म बनाएको आरोपमा प’क्राउ परेका आफ्ना श्रीमान् राज कुन्द्राको बचाउ गर्दै नायिका शिल्पा सेट्टीले उनी निर्दोष रहेको बयान दिएकी छिन् । मुम्बई पुलिसको क्रा’इम…

चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा कुन लगाउँदा राम्रो…

काठमान्डौ । चाइनाको भेरोसेल खोप र अमेरिकाको जोन्सन खोपमा के फरक छ ? कुन राम्रो ? जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक…

अबको २६ वर्षमा भारत, अमेरिका र चीन बराबर धनी हुन्छ…

काठमाडौँ । भारतीय अर्बपति मुकेश अम्बानीले अबको २६ वर्षभित्र भारत, अमेरिका र चीन सरह बराबरी धनी हुने दावी गरेका छन् । भारतको सबैभन्दा धनी र…