देउवा एमसिसीबारे भ्रम फैलाइयो, अमेरिकी सेना आउँछ रे ! कसले आउन दिन्छ नेपालमा ? : देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसिसीबारे भ्रम फैलाइएको बताएका छन्। बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसिसीको प्रक्रिया अगाडि बढेको र आफ्नो नेतृत्वमा रहेको सरकारले मन्त्रिपरिषदबाट पास मात्रै गरेको उल्लेख गर्दै देउवाले एमसिसी ठूलो अनुदान भएको बताए।

‘बाबुराम भट्टराई र सुशील कोइरालाको पालादेखि यो एमसिसी सुरू भएको हो। मेरो बेलामा मात्रै आएको होइन। मेरो बेलामा यत्ति भएको हो- क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा,’ बुढानिलकण्ठमा आज पत्रकार सम्मेलन गर्दै देउवाले भने, ‘यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’

एमसिसीबारे भ्रम फैलाइएकोमा उनले असन्तुष्टि पोखेका छन्। ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ। अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना?,’ देउवाले प्रश्न गरे, ‘अमेरिकी सेना आउन दिउँला त म आफैँले? यस्ता झुठा प्रचार गर्ने?’

एमसिसी पारित गर्ने सन्दर्भमा अहिले कुनै छलफल नभएको उनले बताए। साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि एमसिसी पारित गर्न सहयोग गर्ने भनेको देउवा बताउँछन्।

आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा देउवाले भने, ‘यो बाबुराम भट्टराइको पालादेखि भएको काम हो । मेरो पालामा त सिग्नेचर गरेर पठाएको मा हो । यत्रो ठूलो अनुदान, ब्याजस्याज छैन । सित्तैमा आएको छ । तर, अनेक भ्रम फैलाइयो ।’

उनले थपे, ‘अमेरिकी सेना आउँछ भनेर हल्ला फैलाइएको छ । हामीले त्यस्तो गर्न दिन्छौ ? कसैले दिन्छ ? यस्ता झुट्टा प्रचार भइराख्या छ ।’

पत्रकारको अर्को प्रश्न थियो, ‘एमसीसी पारित भएन भने मलाई अप्ठेरो पर्छ भन्ने तपाईंले भन्नुभएको कुरा आयो नि ?’

देउवाले झेक्किँदै जवाफ दिए, ‘कहाँ भन्या छु मैले ?’ पत्रकारले भने, ‘बाहिर आएको कुरा हो ।’ देउवाले जवाफ दिए, ‘होइन भनिसकेँ त मैले । फेरि भन्छु सुन्नु, होइन होइन होइन ।’

एमसीसीको विषयमा प्रचण्डसँग सहमति भएको भन्ने कुरा चाहिँ के हो ? देउवाले भने, ‘होइन । प्रचण्डले सहयोग गर्छु भनेको छैन ।’ फाइल तस्विर 

भर्खरै प्रकाशित

गीत गाउँदै, कुल्फी बेच्दै ‘पाकिस्तानी डोनल्ड ट्रम्प’ !

इस्लामाबाद । विश्वका दुई कुनामा पनि कहिलेकाहीँ उस्तै अनुहार भएका मान्छेहरु भेटिन सक्छन् । विशेषगरी सामाजिक सञ्जालको व्यापक प्रयोग हुन थालेपछि विभिन्न कारणले आम मानिस…

एसईई मूल्यांकन नतिजा विद्यालयले असार २० भित्र बुझाउनुपर्ने, यसरी हुनेछ…

काठमाडौं । विद्यालयहरुले विद्यालय शिक्षा परीक्षा (एसईई) को मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास इकाई तथा समन्वय समितिमा पठाउनुपर्ने भएको छ ।…

‘सांसद ज्यूले प्रहरीको हिसाब किताब गर्न खोज्दा श्याम थापा मगरले…

नेपाली कांग्रेसका गण्डकी प्रदेशसभा सांसदले प्रहरीलाई धम्काएको भिडिओ शनिबार साँझदेखि सामाजिक सञ्जालमा भाइरल छ। भिडिओमा सांसद मेखलाल श्रेष्ठ र प्रहरी इन्स्पेक्टर श्याम थापा मगरबीच भनाभन…

‘प्लस टु’ सञ्चालन गर्दै गुरुकुल एकेडेमी, राम्रो अङ्क ल्याउने विद्यार्थीलाई निशुल्क…

घोराही।  दाङको घोराहीमा रहेको गुरुकुल एकेडेमीले चालू शैक्षिक वर्षदेखि कक्षा ११ र १२ सञ्चालन गर्ने भएको छ। जिल्लामा गुणस्तरीय शिक्षणसंस्था रुपमा स्थापित भएको गुरुकुल एकेडेमीले…

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना तिराइने

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल खोल्ने संचालकलाई चार लाख रूपैयाँ जरिवाना गरेको छ। काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलका म्यानेजर…