निषेधाज्ञापछि विमानस्थलका प्रिपेड ट्याक्सीलाई दसैं आयो !

काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु ओसार–पसार गर्ने जिम्मा प्रि–पेड ट्याक्सीलाई दिइएको छ । विभिन्न पार्टीका मजदुर नेताहरुको स्वामित्वमा दर्ता भएका विमानस्थलका प्रिपेड ट्याक्सी बाहेक अन्य ट्याक्सीमाथि चाहिँ सरकारले रोक लगाएको छ ।

पर्यटनलाई सेवा दिने उद्देश्यले दर्ता भएका २०८ वटा प्रिपेड ट्याक्सी अहिले विमानस्थलमा सञ्चालित छन् । ‘प्रिपेड ट्याक्सी नेपाल’ नामको फेसबुक पेजमा सो ट्याक्सीलाई सम्पर्क गर्ने हटलाइन नम्बर राखिएको छ ।

त्रिभुवन विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबावु तिवारीका अनुसार विमानस्थल आउन र त्यहाँबाट गन्तव्यमा जान यात्रुले यी ट्याक्सी प्रयोग गर्न सक्छन् ।

सरकारले निषेधाज्ञाका बेला विमानस्थलमा साझा बस चलाउने भने पनि पहिलो दिन साझा बस देखिएन । निषेधाज्ञामा पनि विमानस्थलमा यात्रुको चाप बढेको छ । त्यसैले महामारीमा पनि प्रिपेड ट्याक्सीलाई ‘दसैं’ आएजस्तो भएको विमानस्थलका कर्मचारीहरु बताउँछन् । अन्य ट्याक्सी चालकहरू भने रोजीरोटी गुम्ने चिन्तामा छन् ।

कोरोना महामारीको दोस्रो लहर शुरु हुँदा विमानस्थलमा यात्रु ओसार्ने प्रिपेड ट्याक्सी स्वास्थ्य मापदण्ड पालनामा चाहिँ उदासीन देखिएका छन् ।बिहीबार रातोपाटीले विमानस्थलमा प्रिपेड ट्याक्सीले स्वास्थ्य मापदण्ड पालना गरेको छ कि छैन भनेर निगरानी गरेको छ । आन्तरिक र बाह्य टर्मिनलमा रहेका एका–दुई बाहेक अधिकांश ट्याक्सीले स्वास्थ्य मापदण्ड पालना गरेको देखिएन् ।

ट्याक्सी चालकले मास्क लगाएका छन् । तर, यात्रुलाई सेनिटाइजर उपलब्ध गराउने र गाडीको सिट डिसइन्फेक्सन गरेको पाइएन । अधिकांश ट्याक्सी यात्रु चढाएर गन्तव्यमा लैजान आतुर थिए । तर, बा.१ य १०८५ नम्बरका ट्याक्सी चालकले चाहिँ यात्रुलाई सेनिटाइजर दिएर सिट पनि डिस्इन्फेक्ट गरेको देखियो ।

विमानस्थलका सबै ट्याक्सी ‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’को मातहतमा सञ्चालित छन् । रातोपाटीसँग कुरा गर्दै एकजना ट्याक्सी चालकले सेनिटाइजरको व्यवस्था नभएको बताए ।

‘विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेड’का सुपरभाइजर किसन रोकाले प्रत्येक ट्याक्सीमा चालकसहित ३ जनामात्र बस्ने गरी प्रोटोकल लागु गरिएको दाबी गरे । उनले भने, ‘सकभर प्रोटोकल पालना गरेर यात्रुलाई सेवा दिइरहेका छौं ।’

 

भर्खरै प्रकाशित

माधव नेपाल धेरै अघि बढेको ओलीको निश्कर्ष, एमाले एकताको सम्भावना…

काठमाडौं । नेकपा (एमाले) भित्रको आन्तरिक विवाद हल हुनेमा नेताहरु नै अन्यौलमा परेका छन् । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव…

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन् : नरेश रेग्मी

आरक्षण ब्राह्मणहरुले पनि पाएकै हुन। पढ्ने आरक्षण। यो देशमा सबैले पढ्ने आरक्षण कहाँ पाए र? ब्राह्मणहरुले वेद पढे। पुराण पढे। कर्मकाण्ड पढे र कर्मकाण्ड गरे।…

योगाको उत्पत्ति नैपालमै भएको हो, त्यतिबेला भारतको अस्तित्व नै थिएन…

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ‌ओलीले योगको उत्पति नेपालमै भएको बताएका छन्। भारतले आफ्नो भूमिमा भएको दाबी गरेपनि त्यो समय उक्त देश नै अस्तित्वमा नरहेको उनको…

क्रिस्टियानो रोनाल्डो १४ सेकेन्डमा ९२ मिटर दौडे

युरोकप २०२० अन्तर्गत शनिबार राति जर्मनी र पोर्चुगलबीच ६ गोलको रोमाञ्चक खेल भयो । सम्भवतः यो खेल चालू युरोकपको समूह चरणकै रोमाञ्चक खेल बन्यो होला । पोर्चुगलका…

बन्यो अब मोटरबाटो पनि बन्ला नि : अध्यक्ष ढकाल

गुल्मीको बडिगाड खोलामा गत सात आठ बर्ष देखि अलपत्र परेको पुल निर्माणको कार्य कतिपय सम्पन्न भएका छन् ​भने कतिपय अन्तिम चरणमा पुगेका छन् । एउटै…